२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इण्डो -नेपाल टी-२० च्यासिम्पयनसीप: लखनउ र डडेल्धुरा सेमिफाइनलमा

अ+ अ-

झापा । भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसको क्रिकेट ग्राउण्डमा जारी कोशी–पाथीभरा इण्डो(नेपाल टी–२० च्यासिम्पयनसीपको सेमिफाइनल समीकरण पूरा भएको छ ।

समूह बीअन्तर्गत सोमबार भएका दुई खेलमा भारतको लखनउ र नेपालको डडेलधुराले जितका साथ आफ्नो एक खेलअगावै सेमिफाइनलमा स्थान सुरक्षित गरेका हुन् । 

सोमबार भएको पहिलो खेल पोखरा र डडेल्धुराबीच भएको थियो । खेलमा पहिलो ब्याटिङ गरेको पोखराले १७ दशमलव चार ओभरमा सबै विकेट गुमाएर ८५ रन बनाएको थियो । पोखरालाई सस्तैमा समेट्न डडेल्धुराका अय्यर र युवराज खत्रीले समान दुई दुई विकेट लिए । ब्याटिङमा पोखराका तर्फबाट दीपकप्रसाद डुम्रेले सर्वाधिक ३० रनको योगदान दिए । 

जवाफमा डडेलधुराले उत्कृष्ट ब्याटिङको प्रदर्शन गर्दै तीन विकेट क्षतिमा १० दशमलव तीन ओभरमा लक्ष्य हासिल गरेको थियो । त्यसका लागि डडेल्धुराका सन्नी विकले आक्रामक ब्याटिङ गर्दैै २४ बलमा ४८ रनको विस्फोटक पारी खेले । उनले तीन छक्का र पाँच चौका प्रहार गरे । बलिङमा पोखराका तर्फबाट सुवास भण्डारी, कृष्ण पौडेल र उद्धव दाहालले समान एक/एक विकेट लिए ।

दोस्रो खेलमा पहिलो ब्याटिङ गर्दै लखनउले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १४६ रन बनायो । जवाफमा सिक्किमले १९ दशमलव दुई ओभरमा सबै विकेट गुमाएर ९८ रन मात्र बनाउन सक्यो । 

ब्याटिङमा लखनउका तर्फबाट रमन कदयानले सर्वाधिक ४८ रन बनाए भने सिक्किमका तर्फबाट रुसभ राथोडले सर्वाधिक २८ रन बनाए । बलिङमा सिक्किमका तर्फबाट अक्षय सैनले चार ओभरमा १४ रन मात्र खर्चिएर दुई विकेट लिए भने लखनउका तर्फबाट चार जना बलरले समान दुई दुई विकेट लिए ।

आज दुई खेल हुनेछन् । आयोजक भद्रपुर क्रिकेट क्लबका संयोजक गौरव सुब्बाका अनुसार दुई खेलसँगै समूह चरणका सबै खेल पूरा हुनेछन् । टी(२० क्रिकेटको विश्वकप चलिरहेको अवस्थामा पनि प्रतियोगितामा दर्शकको उत्साह र उल्लेख्य सहभागितामा सञ्चालन भइरहेका आयोजकले जनाएको छ ।