२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय आर्थिक गणनामा उद्योग परिसंघ सरिक हुने

अ+ अ-

काठमाडौँ । राष्ट्रिय तथ्यांक कार्यालयले गर्न लागेको ‘राष्ट्रिय आर्थिक गणना-२०८२’ लाई सफल र उपलब्धिमूलक बनाउने अभियानमा नेपाल उद्योग परिसंघ सरिक हुने भएको छ ।   

राष्ट्रिय आर्थिक गणना सञ्चालन तथा सहकार्य गर्ने सन्दर्भमा आज यहाँ आयोजित अन्तर्क्रियामा परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले अभियानलाई सफल तुल्याउन सम्पूर्ण उद्योगी व्यवसायीका तर्फबाट सक्दो सहयोग हुने बताए ।  

राष्ट्रिय तथ्यांक कार्यालयका उपप्रमुख तथ्यांक अधिकारी ढुण्डीराज लामिछानेले आगामी वैशाख २ गतेदेखि असार ८ गतेसम्म सञ्चालन हुने आर्थिक गणनाको सन्दर्भमा तयारीका कामहरू भइरहेको बताए । उनले आगामी चैत १ गतेदेखि ७७ जिल्लामा ८४ वटा कार्यालय स्थापना गरी स्थलगत रूपमा काम सुरु हुने जानकारी दिँदै उहाँले उक्त गणनाका क्रममा तीन हजार ९०० गणक र ५०० सुपरिवेक्षक प्रत्यक्ष सहभागी हुने बताए ।

तथ्यांक कार्यालयले मुलुकको समग्र आर्थिक परिदृष्यलाई झल्काउने  आर्थिक गणनालाई सार्थक र परिणाममुखी तुल्याउन परिसंघसहित व्यावसायिक संघ-संस्थाका तर्फबाट आवश्यक सहयोगको अपेक्षा गरेको छ ।   

तथ्यांक अधिकृत दीनानाथ लम्सालले अनौपचारिक अर्थतन्त्रअन्तर्गत नियमानुसार दर्ता नभई सञ्चालनमा रहेका व्यवसायलाई समेत गणनाको दायरामा ल्याई अर्थतन्त्रको वास्तविक आकार पत्ता लगाउने उद्देश्य रहेको बताए ।

यसअघि २०७५ सालमा पहिलो आर्थिक गणना भएको थियो । परिसंघका कार्यकारी महानिर्देशक डा. घनश्याम पाण्डेको अध्यक्षतामा सम्पन्न अन्तर्क्रियामा उद्योगी व्यवसायीको उल्लेख्य सहभागिता रहेको थियो ।

यसैबीच सरकारले राष्ट्रिय आर्थिक गणना-२०८२ को तथ्यांक संकलन गर्ने आदेश-२०८२ स्वीकृत गर्ने निर्णय आजै सार्वजनिक गरिएको छ ।