काठमाडौँ । सरकारले राष्ट्रिय आर्थिक गणना २०८२ सञ्चालनका लागि आवश्यक तथ्यांक संकलन सम्बन्धी आदेश स्वीकृत गर्ने निर्णय गरेको छ।
सो निर्णय सोमबार सम्पन्न मन्त्रिपरिषद् बैठकबाट भएको हो। बैठकपछि एक मन्त्रीले राष्ट्रिय आर्थिक गणनाका लागि तथ्यांक संकलन प्रक्रिया अघि बढाउन आदेश स्वीकृत गरिएको जानकारी दिएका छन्।







