२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निजी क्षेत्र संरक्षण तथा प्रवर्द्धन रणनीतिक योजना तत्काल कार्यान्वयनमा ल्याउनुपर्नेमा चन्द्र ढकालको जोड

अ+ अ-

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्र संरक्षण तथा प्रवर्द्धन रणनीतिक योजना तत्काल कार्यान्वयनमा ल्याउन सरकारसँग माग गरेका छन्।

आगामी दिनमा निजी क्षेत्रमाथि आगजनी, तोडफोड र लुटपाट हुन नदिनका लागि पनि सरकारले सो योजना तत्काल कार्यान्वयनमा ल्याउनुपर्ने उनको भनाई थियो।

आइतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले निजी क्षेत्र फाइदा लिनका लागि मात्रै नभएको भन्ने कुरालाई सरकारले बुझाउनुपर्ने आवश्यकता पनि औँल्याए।

उनले निजी क्षेत्रबिना शिक्षा, स्वास्थ्य लगायतका हरेक कुरा सम्भव नभएकाले पनि सरकारले यसको महत्वबारे सर्वसाधारणलाई बुझाउनुपर्ने बताए।

निजी क्षेत्रले रोजगारी सृजना, आयआर्जनको क्षेत्रमा महत्वपूर्ण योगदान दिने भएको र यसलाई यसै रूपमा बुझेर अघि बढ्दा मात्रै सबैको हित हुने अध्यक्ष ढकालले स्पष्ट पारे। 

उनले भने, ‘२३, २४ को आन्दोलनबाट हामीले जुन पाठ सिक्यौँ। निजी क्षेत्र भनेको केवल फाइँदाको लागि होइन। निजी क्षेत्र भनेको उसको व्यक्तिगत आम्दानीको लागि मात्रै होइन। निजी क्षेत्र भनेको समग्रतामा रोजगारी सृजना गर्ने हो। निजी क्षेत्र भनेको रोजगारीको क्रियटर हो। निजी क्षेत्र भनेको रभिन्यू दिने क्षेत्र हो भन्ने म्यासेज दिन सक्नु पर्दछ। निजी क्षेत्रमाथि जुन टार्गेट छ।’ 

अध्यक्ष ढकालले थपे, ‘अब आईन्दा त्यस्तो घटना हुन नदिनका लागि सरकारको तर्फबाट आम पब्लिकमा एउटा कमिटमेन्ट निजी क्षेत्र संरक्षण तथा प्रवर्द्धन रणनीतिक योजना (वीएचपीपी) हामीले सम्माननीय प्रधानमन्त्रीज्यूलाई पनि दिएका छौँ। आगामी दिनमा यस्तो किसिमको घटना हुन नदिन पनि सरकारको तर्फबाट सो रणनीतिलाई तत्काल कार्यान्वयन गर्न आवश्यक छ।’

अध्यक्ष ढकालले जेन जेड आन्दोलनमा जस्तो दुखद घटना फेरि मुलुकमा हुन नदिन पनि सरकारले सचेत भएर अघि बढ्नुपर्नेमा पनि जोड दिए।