२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनकपुरधाममा निर्वाचन आचारसंहिता विपरीतका प्रचार सामग्री हटाइयो

अ+ अ-

काठमाडौँ । जनकपुरधाम उपमहानगरपालिका क्षेत्रभित्र निर्वाचन आचारसंहिताको उल्लंघन गर्दै सार्वजनिक स्थलमा राखिएका प्रचार सामग्री हटाइएको छ । निर्वाचनसँग सम्बन्धित निकायमा निरन्तर उजुरी आएपछि सम्बन्धित राजनीतिक दल तथा उम्मेदवारलाई स्वयं सामग्री हटाउन निर्देशन दिइएको थियो ।

निर्देशन कार्यान्वयन नभएपछि शनिबार स्थानीय प्रशासन र सुरक्षाकर्मीले संयुक्त रूपमा अनुगमन गर्दै एक हजार पाँच सयभन्दा बढी पोस्टर, ब्यानर, स्टिकर र झण्डा हटाएका हुन् । जिल्ला प्रहरी कार्यालयका अनुसार ती सामग्री सार्वजनिक स्थल, विद्युत् पोल, पर्खाल तथा सरकारी संरचनामा टाँसिएका थिए, जुन निर्वाचन आचारसंहिताको विपरीत मानिएको छ ।

अनुगमनका क्रममा सबैभन्दा धेरै उल्लंघन देखिएको दलका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक गणेशबहादुर बमले जानकारी दिनुभएको छ ।

निर्वाचन कार्यालयले आचारसंहिता पालना नगर्ने दल वा उम्मेदवारमाथि कानुनी कारबाही हुनसक्ने चेतावनी दिँदै आएको र त्यसकै आधारमा नियमित अनुगमन भइरहेको उहाँले बताउनुभयो ।

निष्पक्ष, स्वतन्त्र र स्वच्छ निर्वाचनको वातावरण कायम राख्न स्थानीय प्रशासन, प्रहरी तथा सम्बन्धित निकायले सबै सरोकारवालालाई जिम्मेवार व्यवहार गर्न आग्रह गरेका छन् । साथै आगामी दिनमा पनि यस्ता अनुगमनलाई निरन्तरता दिइने र उल्लंघन दोहोरिए कडा कारबाही गरिने प्रशासनले स्पष्ट पारेको छ ।