२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इरान-अमेरिका ओमान वार्ता तयारी

अ+ अ-

मस्कट । घातक विरोध प्रदर्शनको पृष्ठभूमिमा इरान र संयुक्त राज्य अमेरिका आज (शुक्रबार)ओमानमा वार्ता गर्न तयारी अवस्थामा पुगेका छन् । 

वासिङ्टनले इरानी आणविक कार्यक्रमसहित अन्य विषयमा कूटनीतिक प्रगतिको सम्भावना छ कि छैन भन्ने जाँच गर्ने उद्देश्यले सैन्य कारबाहीलाई अस्वीकार गर्दै वार्तामा जान लागेको जनाएको छ ।

वार्ता स्थान, समय र ढाँचाबारे लामो अनिश्चिततापछि बुधबार राति पुष्टि भएको हो । गत जुनमा संयुक्त राज्य अमेरिकाले इरानका आणविक साइटहरूमा आक्रमण गरी यस मुलुकविरुद्ध इजरायलको युद्धमा सामेल भएपछि दुई देशबीच हुने यो पहिलो प्रत्यक्ष कूटनीतिक सम्पर्क हो ।

संयुक्त राज्य अमेरिकातर्फबाट राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्वका दूत स्टिभ विटकफले प्रतिनिधिमण्डलको नेतृत्व गर्ने छन् । भने इरानतर्फबाट विदेशमन्त्री अब्बास अराघची वार्तामा सहभागी हुनेछन् ।

अराघचीले वार्ताअघि सामाजिक सञ्जाल एक्समा लेख्दै इरान खुला आँखा र गत वर्षका अनुभवका साथ कूटनीतिमा प्रवेश गरिरहेको बताए। उनले इरान राम्रो विश्वासका साथ संलग्न हुने र आफ्नो अधिकारमा दृढ रहने स्पष्ट पारे । प्रतिबद्धताहरूको सम्मान अनिवार्य रहेको उल्लेख गर्दै उनले समानता, आपसी सम्मान र पारस्परिक हित दिगो सम्झौताका आधारस्तम्भ भएको बताए।

इरानले बिहीबार शान्ति कायम राख्न कूटनीतिको प्रयोग गर्ने कुनै अवसर नछोड्ने जिम्मेवारी रहेको जनाउँदै वासिङ्टनले जिम्मेवारी, यथार्थवाद र गम्भीरताका साथ छलफलमा भाग लिने अपेक्षा व्यक्त गरेको छ ।

अमेरिकी प्रतिनिधिमण्डल इरानको ‘शून्य आणविक क्षमता’ को लक्ष्यबारे अन्वेषण गर्न चाहेको ह्वाइट हाउसले जनाएको छ । प्रेस सचिव क्यारोलिन लेभिटले ट्रम्पसँग कूटनीतिबाहेक अन्य विकल्प पनि रहेको चेतावनी दिए।

यो बैठक इरानमा धर्मगुरु नेतृत्वविरुद्ध फैलिएको राष्ट्रव्यापी विरोध प्रदर्शन दबाइएपछि एक महिनाभित्र आयोजना हुन लागेको हो । अधिकार समूहहरूका अनुसार ती प्रदर्शनहरू अभूतपूर्व दमनका कारण हजारौँको ज्यान गएको थियो ।

ट्रम्पले बिहीबार इरानका सन्दर्भमा उनीहरू वार्ता गरिरहेको टिप्पणी गरे। उनले अमेरिकी नौसैनिक शक्ति क्षेत्रमा तैनाथ रहेको उल्लेख गर्दै इरानले आक्रमण गर्न नचाहने दाबी पनि गरे । 

यसअघि ट्रम्पले प्रदर्शनकारीमाथिको दमनलाई लिएर सैन्य कारबाहीको चेतावनी दिएका थिए । तर हाल उनको ध्यान इरानी आणविक कार्यक्रममा केन्द्रित देखिएको छ, जसलाई पश्चिमी देशहरूले हतियार निर्माणतर्फ लक्षित हुनसक्ने भन्दै चिन्ता व्यक्त गर्दै आएका छन् ।

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले एक अन्तर्वार्तामा ट्रम्पले सबै विकल्प खुला राख्ने बताए। उनका अनुसार गैरसैन्य उपायबाट सम्भव सबै प्रयास गरिनेछ र अन्तिम विकल्पका रूपमा मात्र सैन्य कदम रोजिनेछ ।

यसैबीच, जर्मनीका चान्सलर फ्रेडरिक मेर्जले दोहाबाट इरानी नेतृत्वलाई गम्भीर रूपमा वार्तामा प्रवेश गर्न आग्रह गर्दै क्षेत्रमा सैन्य तनाव बढ्ने खतरा रहेको बताए। टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगनले पनि पक्षहरू कूटनीतिका लागि स्थान खोजिरहेको संकेत देखिएको टिप्पणी गरे ।

वार्तामा क्षेत्रीय देशहरूको सहभागिता, तेहरानका प्रोक्सी समूहहरूको समर्थन र ब्यालिस्टिक मिसाइल कार्यक्रम समेट्ने विषयमा मतभेद देखिएको छ । इरानले यी विषयमा आपत्ति जनाउँदै आएको छ । अमेरिकी सञ्चारमाध्यमका अनुसार वासिङ्टनले वार्तामा क्षेत्रीय शक्तिहरूलाई बाहिर राख्न सहमति जनाएको छ, यद्यपि आणविक मुद्दासँगै मिसाइल र सशस्त्र समूहसम्बन्धी छलफल सम्झौताको ढाँचा बनाउन केन्द्रित रहने जनाइएको छ ।

अमेरिकास्थित एक अनुसन्धान संस्थाले इरानले केही अमेरिकी मागप्रति लचिलोपन देखाएको मूल्याङ्कन गरेको छ । यसले कूटनीतिक समाधानको सम्भावना अझै अनिश्चित रहेको संकेत दिएको छ ।

क्षेत्रमा अमेरिकी सैन्य उपस्थिति बढ्दै गएको छ । संयुक्त राज्य अमेरिकाले विमान वाहक युएसएस अब्राहम लिङ्कनको नेतृत्वमा नौसैनिक समूह परिचालन गरेको छ । इरानले भने आक्रमण भएमा अमेरिकी आधारहरूमा प्रतिआक्रमण गर्ने चेतावनी दोहोर्‍याएको छ ।

इरानी सेनाका प्रवक्ताले देश रक्षा गर्न पूर्ण रूपमा तयार रहेको र सम्झौता वा युद्धबीचको छनोट वासिङ्टनकै हातमा रहेको बताएका छन् ।