काठमाडौँ । लोक सेवा आयोगले सहसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस गरेको छ । आयोगको केन्द्रीय कार्यालयले बिहीबार नेपाल न्याय सेवा र नेपाल लेखापरीक्षण सेवा, रा.प. प्रथम श्रेणी, सहसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस गरेको हो ।
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १६६५२-१६६५४/०८२-८३ (आ.प्र.) , नेपाल न्याय सेवा, न्याय/कानुन/सरकारी वकिल समूह, रा.प. प्रथम श्रेणी, र विज्ञापन नं. १६६५६/०८२-८३ (आ.प्र.) , नेपाल लेखापरीक्षण सेवा, रा.प. प्रथम श्रेणी, सहसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस गरिएको आयोगले जनाएको छ ।
हेर्नुहोस् आयोगले जारी गरेको सूचना











