काठमाडौँ । बढुवा समितिको सचिवालयले दुई जना शाखा अधिकृतलाई उपसचिव पदमा बढुवा सिफारिस गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज (बिहीबार) एक सूचना जारी गर्दै रिक्त रहेका उपसचिव पदमा कार्यक्षमताको आधारमा बढुवा सिफारिस गरिएको जनाएको छ ।
बढुवा समितिको बुधवारको निर्णयअनुसार नेपाल इन्जिनियरिङ सेवा, मेट्रोलोजी समूह, (राजपत्रांकित द्वितीय श्रेणी) अन्तर्गत एक जना, नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह, हाइड्रोलोजी उपसमूह,(राजपत्रांकित द्वितीय श्रेणी) अन्तर्गत एक जना शाखा अधिकृतलाई उपसचिव पदमा बढुवा सिफारिस गरिएको हो ।
हेर्नुहोस् सूचना :








