२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आईजीपी कार्कीले भने : ‘प्रहरी संगठन धुलो टकटक्याएर खरानीबाट उठ्दै छ’

अ+ अ-

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरी संस्थाले विभिन्न कठिन परिस्थितिहरू पार गर्दै आत्मसमीक्षा र सुधारसहित पुनः मजबुत रूपमा नागरिक सेवामा आफूलाई उभ्याएको बताएका छन्। उनले लामो समयको उतार–चढावपछि पनि संगठनले आफ्नो दायित्वबाट विचलित नभई निरन्तर जिम्मेवारी निर्वाह गर्दै आएको उल्लेख गरे।

काठमाडौँमा आयोजित प्रहरी निरीक्षक आधारभूत तालिम १८३ औँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै आईजीपी कार्कीले सात दशकभन्दा बढी इतिहास बोकेको नेपाल प्रहरीले चुनौती, दबाब र अवरोधहरूका बाबजुद संस्थागत दृढता कायम राख्दै नागरिकप्रति उत्तरदायी भूमिका निर्वाह गरेको बताए।

उनले विगतका विभिन्न घटनाक्रमपछि पनि प्रहरी संगठनले आत्मबलका साथ पुनः उठेर सेवा प्रवाहलाई निरन्तरता दिएको उल्लेख गरे। नागरिकका विविध समस्या, अपेक्षा र आवश्यकताका बीच प्रहरी सधैँ अग्रपंक्तिमा रहेर राज्यको उपस्थिति सुनिश्चित गर्दै आएको उनको भनाइ थियो।

सम्बोधनका क्रममा आईजीपी कार्कीले समय र परिस्थितिअनुसार प्रहरीलाई पहिलो प्रतिक्रियाकर्ता तथा कानुन कार्यान्वयन गर्ने निकायका रूपमा अझ सक्षम बनाउन कार्यगत स्वायत्तता, प्रविधिमैत्री प्रणाली र पर्याप्त स्रोत–साधनमा राज्यको लगानी आवश्यक रहेको धारणा राखे।

वर्तमान सन्दर्भमा प्रहरीको जिम्मेवारी, चुनौती र दायित्व थप विस्तार हुँदै गएको उल्लेख गर्दै उनले सेवा प्रवाहमा थप समर्पण र व्यावसायिकता देखाउन निर्देशन दिए। दीक्षान्त समारोहमा सहभागी नवदीक्षित प्रहरी निरीक्षकहरूलाई तत्काल निर्वाचन सुरक्षामा परिचालन गरिने जानकारी पनि उनले दिए।

समारोहमार्फत ९ महिला र ८३ पुरुष गरी कुल ९२ जना प्रहरी निरीक्षक दीक्षित भएका छन्।