२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शरद ओझालाई अन्तरिम राहत अस्वीकार, नयाँ नियुक्त अध्यक्षले काम गर्न पाउने

अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतले बीमा प्राधिकरणका निवर्तमान अध्यक्ष शरद ओझालाई पदमुक्त गर्ने सरकारको निर्णय तत्काल रोक्न आवश्यक नरहेको ठहर गरेको छ । यससँगै सरकारले नयाँ नियुक्त गरेका अध्यक्षले काम गर्न पाउने बाटो खुलेको छ ।

न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले यसअघि जारी गरिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने आदेश दिएको हो । अदालतले २३ भदौमा जारी अल्पकालीन अन्तरिम आदेशलाई कायम राख्न पर्याप्त आधार नदेखिएको ठहर गरेको छ ।

सरकारले ओझाको पाँच वर्षको उच्च व्यवस्थापकीय अनुभव नदेखिएको भन्दै गत ३० असारमा जाँचबुझ समिति गठन गरेको थियो । समितिले ओझालाई स्पष्टीकरणको मौका दिएर आवश्यक योग्यता नपुगेको निष्कर्षसहित पदमुक्त गर्न सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले ओझालाई अध्यक्ष पदबाट हटाएको थियो ।

यसअघि सर्वोच्च अदालतले जेन जेड आन्दोलनकै दिन ओझाको पदमुक्ति निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो । तर, अदालत परिसरमा भएको आगजनीका कारण उक्त आदेश व्यवहारमा कार्यान्वयन हुन सकेको थिएन ।

आइतबारको आदेशमा अदालतले ओझालाई कार्यक्षमताको अभावका आधारमा पदमुक्त गरिएको विषय रिट निवेदनको अन्तिम सुनुवाइमा टुंगो लाग्ने उल्लेख गर्दै अन्तरिम आदेशलाई निरन्तरता दिन आवश्यक नरहेको स्पष्ट गरेको छ ।