२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इजरायलको आक्रमणबाट गाजामा ३२ जनाको मृत्यु

अ+ अ-

काठमाडौँ । गाजामा इजरायली सेनाको हवाई हमलामा कम्तीमा ३२ जनाको मृत्यु भएको छ । गाजाको स्थानीय प्रशासनले उक्त जानकारी दिएको हो ।

हमासको सिभिल डिफेन्स एजेन्सीका अनुसार शनिबार भएको पछिल्लो हमलामा मारिएकाहरुमध्ये महिला र बालबालिका पनि रहेका छन् । एजेन्सीले खान युनिसको दक्षिणी क्षेत्रमा विस्थापित मानिसहरू बसिरहेका टेन्टहरूमा हेलिकोप्टरबाट आक्रमण गरिएको दाबी गरेको छ ।
प्यालेस्टिनी पक्षले यस आक्रमणलाई यस महिनाको सुरुवातमा लागू भएको संघर्षविरामको दोस्रो चरण पछिको सबैभन्दा ठूलो आक्रमण भएको जनाएको छ ।

इजरायली सेनाले भने शुक्रबार ‘हमासतर्फबाट संघर्षविराम सम्झौता उल्लंघन’ गरिएको आरोप लगाउँदै त्यसको जवाफमा विभिन्न स्थानमा आक्रमण गरिएको पुष्टि गरेको छ । इजरायल र हमास दुवैले एक–अर्कामाथि संघर्षविराम उल्लंघन गरेको आरोप लगाइरहेका छन् । इजरायल–हमासबीचको पछिल्लो द्वन्द्व ७ अक्टोबर २०२३ मा हमासका लडाकूहरूले इजरायलमा आक्रमण गरेपछि सुरु भएको थियो । ती आक्रमणमा १० नेपालीसहित करिब १ हजार २०० जनाको मृत्यु भएको थियो भने हमासले २५१ जनालाई बन्धक बनाएको थियो ।

हमासको स्वास्थ्य विभागका अनुसार त्यसपछि गाजामा इजरायलले चलाएको सैन्य अभियानमा ७१ हजार ६६० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ । विभागका अनुसार पछिल्लोपटक १० अक्टोबर २०२५ मा संघर्षविराम लागू भएयता कम्तीमा ५०९ प्यालेस्टिनी मारिएका छन् भने चार इजरायली सैनिकको पनि ज्यान गएको छ ।