२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्वाचन आचारसंहिता कार्यान्वयनमा भोजपुरका सबैपक्ष प्रतिबद्ध

अ+ अ-

भोजपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र मर्यादित रूपमा सम्पन्न गराउन भोजपुरमा निर्वाचन आचारसंहिता प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । उम्मेदवार तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले निर्वाचन आयोगबाट जारी आचारसंहिता पूर्ण रूपमा पालना गर्ने प्रतिबद्धता जनाएका हुन् ।

कार्यक्रममा जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत नारायणप्रसाद दाहालले शान्तिपूर्ण, निष्पक्ष र उत्साहजनक सहभागितामा निर्वाचन सम्पन्न गराउन सबै सरोकारवालाको साझा दायित्व रहेको बताएका छन् । उनले मतदाता शिक्षालाई प्रभावकारी बनाउँदै आचारसंहिता कार्यान्वयनमा कडाइ गर्नुपर्ने आवश्यकता औल्याए ।

त्यस्तै, प्रमुख जिल्ला अधिकारी राजन पौडेलले स्वतन्त्र, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा मतदाताले निर्भिक रूपमा आफ्नो मताधिकार प्रयोग गर्न पाउने अवस्था सिर्जना भएमा मात्रै लोकतन्त्र सुदृढ हुने बताए । उनले जिल्लामा सोही वातावरण निर्माण गर्न सबैपक्ष जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिए ।

राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज तथा अन्य सरोकारवालाले निर्वाचन आचारसंहिताका प्रावधान, सुरक्षा व्यवस्थाको तयारी, दलहरूबीच आपसी समन्वय तथा सहकार्यको भूमिका खेल्ने बताएका छन् ।

भोजपुर जिल्लामा निर्वाचनका लागि १२ राजनीतिक दलका १२ उम्मेदवार प्रतिस्पर्धामा छन् । निर्वाचन प्रयोजनका लागि जिल्लामा ८७ मतदान स्थल र १६१ मतदान केन्द्र निर्धारण गरिएको छ ।

जिल्लाको कूल मतदाता सङ्ख्या एक लाख २५ हजार ७६६ रहेको छ । निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरू आआफ्ना एजेन्डासहित मतदातासम्म पुग्ने अभियानमा सक्रिय भएका छन् ।