२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाकिस्तानी दूतावासमा कला प्रदर्शनी र कलाकार संवाद कार्यक्रम आयोजना

अ+ अ-

काठमाडौँ । नेपालस्थित पाकिस्तानी दूतावासमा ‘नेपाली कलाकारको ब्रसबाट पाकिस्तानका रङहरू’ शीर्षकमा कला प्रदर्शनी तथा कलाकार संवाद कार्यक्रम आयोजना गरिएको छ । 

प्रदर्शनीमा नेपाली कलाकार विधाता केसीका कृतिहरू प्रदर्शन गरिएको थियो । केसीका अनुसार उनका कृत्ति पाकिस्तान भ्रमण र त्यहाँका अनुभवबाट प्रेरित थिए ।

त्यस अवसरमा नेपालका लागि पाकिस्तानका राजदूत अबरार हाश्मीले कलाकारको उत्कृष्ट कार्य तथा नेपाली दृष्टिकोणबाट पाकिस्तानको सृजनात्मक प्रस्तुतीकरणको सराहना गरेका छन् । उनले सांस्कृतिक कूटनीति पाकिस्तान–नेपाल सम्बन्धको एक महत्वपूर्ण स्तम्भ रहेको उल्लेख गर्दै दूतावास साझा इतिहास, संस्कृति तथा पारस्परिक समझदारी प्रवर्द्धनप्रति प्रतिबद्ध रहेको बताएका थिए । 

कलाकार केसीले पाकिस्तानमा सम्पन्न ‘दक्षिण एसियाली देशहरूका लागि कलाकार आवासीय कार्यक्रम’ मा सहभागिताको आफ्नो अनुभव सुनाएका थिए । उनले पाकिस्तानका विभिन्न स्थानको भ्रमणका क्रममा प्राप्त गरेका समृद्ध कलात्मक, सांस्कृतिक तथा सामाजिक छापहरूले आफ्ना सिर्जनामा कसरी प्रेरणा दिएकाबारे वर्णन गर्नुभएको थियो । उनले पाकिस्तानको कला र संस्कृतिप्रति प्रशंसा व्यक्त गर्दै आफ्नो बसाइका क्रममा प्राप्त आतिथ्यताप्रति धन्यवाद दिएका थिए ।

कार्यक्रममा अन्य अतिथिहरूले कार्यक्रम आयोजनाका लागि पाकिस्तान दूतावासको प्रयासको प्रशंसा गर्दै कलाकार केसीका कृतिहरूमा झल्किएको कलात्मक उत्कृष्टता तथा भावपूर्ण अभिव्यक्तिको सराहना गरेका थिए । 

सो अवसरमा आगामी ५ देखि ७ फेब्रुअरी २०२६ सम्म काठमाडौँमा पाकिस्तान फुड फेस्टिभल आयोजना गरिने घोषणासमेत गरिएको थियो । यसले नेपाली जनतालाई पाकिस्तानको समृद्ध सांस्कृतिक सम्पदा तथा परिकार परम्पराको स्वाद लिन अर्को अवसर प्रदान गर्ने बताइएको छ ।

कार्यक्रममा कला प्रेमी, कलाकार, नागरिक समाजका प्रतिनिधि, सञ्चारकर्मी, सामाजिक सञ्जाल प्रभावक तथा पाकिस्तान दूतावासका कर्मचारी र परिवारजनको उपस्थिति थियो । विविध पृष्ठभूमिका सहभागीहरूको उपस्थितिले नेपाल र पाकिस्तानबीचको सांस्कृतिक आदानप्रदान तथा जनस्तरको सम्बन्धप्रतिको चासोलाई झल्काएको थियो ।