२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमाले सचिव बस्नेतको दाबी : ‘नेतृत्वलाई बदनाम गर्ने योजनाबद्ध प्रयास भइरहेको छ’

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का सचिव महेश बस्नेतले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गरी गम्भीर प्रकृतिका आरोप लगाउने क्रम योजनाबद्ध रूपमा अघि बढाइएको दाबी गरेका छन्।

शुक्रबार काठमाडौँमा आयोजित राष्ट्रिय युवा परिषद्को पहिलो बैठकलाई सम्बोधन गर्दै उनले हाल सार्वजनिक रूपमा देखिएका गतिविधि र अभिव्यक्तिहरूले राजनीतिक नेतृत्वमाथि व्यक्ति हत्यासम्मको आरोप थोपर्ने वातावरण सिर्जना गर्न खोजिएको बताए।

उनका अनुसार भदौ २३ गते भएको जेन जेड आन्दोलनका क्रममा २३ जनाको ज्यान गएको थियो। उक्त घटनापछि तत्कालीन प्रधानमन्त्रीका रूपमा अध्यक्ष ओलीले मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने तथा उनीहरूलाई शहीद घोषणा गर्ने निर्णय गरेको उनले उल्लेख गरे।

बस्नेतले भदौ २४ गते संविधानिक व्यवस्था र सुरक्षा संयन्त्रलाई कमजोर पार्दै देशलाई अस्थिरतामा धकेल्ने प्रयास भएको आरोप लगाए। सोही सन्दर्भमा उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग जोडेर देशभरका विभिन्न कारागारबाट झण्डै १४ हजार कैदी फरार भएको टिप्पणी गरे।

उनको भनाइमा फरारमध्ये दुई जनाको मृत्यु भएको छ भने अन्य दुई जनाले आफ्नै आमा र श्रीमतीको हत्या गरेको घटना सार्वजनिक भएको छ। यस्ता घटनाको नैतिक तथा राजनीतिक जिम्मेवारी सम्बन्धित नेतृत्वले लिनुपर्ने उनको जिकिर थियो।

त्यसैगरी आन्दोलनका नाममा भएका आगजनी, लुटपाट र सार्वजनिक तथा निजी सम्पत्तिमा पुगेको क्षतिका लागि रवि लामिछानेसँगै काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह पनि उत्तरदायी हुनुपर्ने बस्नेतको दाबी छ। उनले देशभर भएको तोडफोड र ध्वंसको सम्पूर्ण विवरण संकलन गरी हिसाबकिताब गरिने चेतावनीसमेत दिए।

अन्त्यमा उनले मुलुकको दीर्घकालीन विकास र समृद्धिका लागि नेकपा (एमाले)को विकल्प नरहेको उल्लेख गर्दै पार्टी नेतृत्वप्रति विश्वास कायम राख्न आग्रह गरेका छन्।