२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गुल्मीमा स्वास्थ्य बीमा विस्तार, आधाभन्दा बढी जनसंख्या कार्यक्रममा समेटियो

अ+ अ-

काठमाडौँ । गुल्मीमा स्वास्थ्य बीमा कार्यक्रममा सहभागी हुने नागरिकको अनुपात ५३ प्रतिशत पुगेको छ। पछिल्ला छ वर्षको अवधिमा जिल्लामा स्वास्थ्य बीमाप्रतिको जनचासो क्रमशः बढ्दै गएको देखिएको छ। 

नागरिकहरूले कार्यक्रमको उपयोगिता बुझ्दै जाँदा बीमामा आबद्ध हुने दरमा निरन्तर वृद्धि भएको सम्बन्धित निकायले जनाएको छ।

हाल उपलब्ध विवरण अनुसार जिल्लामा एक लाख ३१ हजार १२७ नागरिक स्वास्थ्य बीमामा समेटिएका छन्। तीमध्ये ६७ हजार ५१७ महिला र ६३ हजार ६०८ पुरुष रहेका छन्। १२ वटा स्थानीय तह रहेको गुल्मीमा सङ्ख्यात्मक रूपमा रेसुंगा नगरपालिकामा सबैभन्दा बढी २५ हजार २१२ जनाले स्वास्थ्य बीमा गरेका छन्।

त्यसैगरी रुरुक्षेत्र गाउँपालिकामा १४ हजार २१७ नागरिक बीमित भएका छन्। कुल जनसंख्याको अनुपातका आधारमा भने रुरुक्षेत्र गाउँपालिकामा बीमामा सहभागी हुने नागरिकको प्रतिशत सबैभन्दा बढी रहेको स्वास्थ्य बीमा बोर्ड गुल्मीका संयोजक तथा दर्ता अधिकारी सुवास घिमिरेले जानकारी दिए।

रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीका अनुसार पछिल्लो समय सञ्चालन गरिएको दर्ता अभियानमा स्थानीयवासीको सक्रिय सहभागिता देखिएको छ। चालु आर्थिक वर्षभित्र पालिकामा ९० प्रतिशत नागरिकलाई बीमा कार्यक्रममा समेट्ने लक्ष्य लिइएको उनले बताए। विपन्न तथा असहाय वर्गलाई प्राथमिकतामा राखेर कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाइएको उनको भनाइ छ।

अन्य स्थानीय तहमा बीमामा आबद्ध हुनेको संख्या अनुसार मुसिकोट नगरपालिकामा ८ हजार २६१, चन्द्रकोट गाउँपालिकामा ६ हजार ५१७, धुर्कोट गाउँपालिकामा १० हजार ७३३, छत्रकोट गाउँपालिकामा १२ हजार ५७३ र गुल्मीदरबार गाउँपालिकामा १० हजार ४३१ पुगेको छ। यस्तै, इस्मा गाउँपालिकामा ७ हजार ७९०, कालीगण्डकी गाउँपालिकामा ६ हजार ८२१, मदाने गाउँपालिकामा ३ हजार ९३२, मालिका गाउँपालिकामा ८ हजार ४५१ र सत्यवती गाउँपालिकामा १६ हजार १९० नागरिक स्वास्थ्य बीमा कार्यक्रममा सहभागी भइसकेका छन्।

स्वास्थ्य बीमा बोर्डका अनुसार जिल्लाको कुल जनसंख्याको आधारमा हाल ५३ प्रतिशत नागरिक बीमामा समेटिएका छन्। गुल्मीमा गुल्मी अस्पताल, जिल्ला आँखा उपचार केन्द्र तम्घास, धुर्कोट र गुल्मीदरबार आधारभूत अस्पताल, श्रृंगा, रुरु र जोहाङ प्राथमिक स्वास्थ्य केन्द्र गरी सात स्वास्थ्य संस्थाबाट बीमाअन्तर्गतका सेवा प्रदान हुँदै आएका छन्।

दर्ता अधिकारी घिमिरेका अनुसार अघिल्ला वर्षको तुलनामा स्वास्थ्य बीमा गर्ने नागरिकको संख्या उल्लेखनीय रूपमा बढेको छ। कार्यक्रम सञ्चालनका लागि जिल्लामा दुई जना कर्मचारी र ९४ जना दर्ता सहयोगी परिचालित छन्।