२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘विप्लव’ नेतृत्वको नेकपा माओवादीलाई एकता प्रक्रियामा आउन ‘प्रचण्ड’ आग्रह

अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) लाई कम्युनिस्ट आन्दोलनको साझा धारमा सहभागी हुन आग्रह गरेका छन्।

बुधबार पेरिसडाँडास्थित पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक दाहालले वर्तमान परिस्थितिमा कम्युनिस्ट शक्तिहरूबीच एकता अपरिहार्य भएको धारणा व्यक्त गरेका छन्। उनले आन्दोलनलाई बलियो बनाउन आत्मसमीक्षासहित मूलधारमा फर्किनु आवश्यक रहेको उल्लेख गर्दै ‘विप्लव’ नेतृत्वको दललाई एकता प्रक्रियामा सामेल हुन आह्वान गरेका हुन्।

दाहालका अनुसार समाजवादी मोर्चा गठनको चरणदेखि नै एकतासम्बन्धी संवाद र छलफल निरन्तर हुँदै आएको थियो। पछिल्लो समय एकताको प्रक्रिया अन्तिम चरणमा पुगेको आभास भए पनि अपेक्षित निष्कर्षमा पुग्न नसकेको उनले बताए।

उनले ‘जेन जेड’ आन्दोलनपछिको अवस्थालाई उल्लेख गर्दै उक्त घटनाक्रमपछि विप्लव पक्ष वैचारिक अन्योल र दिशाहीनतर्फ गएको टिप्पणी गरे। त्यसपछिको समयावधिमा मुख्य नेतृत्व नै असहज अवस्थाबाट गुज्रिएको जस्तो अनुभूति भएको उनले स्पष्ट पारेका छन्।

संयोजक दाहालले आफ्ना पक्षबाट पनि विगतका कमजोरीको समीक्षा गर्दै एकताको मार्ग रोजिएको उल्लेख गरे।

उनले ‘विप्लव नेतृत्वको दलका लागि अझै पनि एकतामा फर्किने अवसर खुला रहेको भन्दै आत्मसमीक्षासहित साझा राजनीतिक यात्रामा जोडिन आए पुनः स्वागत गरिने स्पष्ट सन्देश दिएका छन्।