काठमाडौँ । राष्ट्रिय सभा सदस्य निर्वाचनका क्रममा सरकारी कोषबाट हुने खर्च अपेक्षाभन्दा कम भएको छ । निर्वाचनका लागि कुल ४ करोड ३० लाख ७८ हजार रुपैयाँ बजेट छुट्याइएकोमा त्यसको झन्डै आधा रकम खर्च हुनबाट जोगिएको हो ।
निर्वाचन आयोगका अनुसार माघ १३ गतेसम्म भएको खर्च २ करोड ४० लाख ६९ हजार रुपैयाँ मात्र पुगेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले उक्त खर्च कुल विनियोजित रकमको ५५ दशमलव ७७ प्रतिशत रहेको जानकारी दिए ।
आयोगले बाँकी रकम खर्च नभएकाले निर्वाचन प्रक्रिया मितव्ययी रूपमा सञ्चालन भएको संकेत गर्ने बताएको छ ।







