२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रुपन्देही-२ मा संवैधानिक कारण देखाउँदै राप्रपा उम्मेदवार कर्भिका थापाद्वारा उम्मेदवारी फिर्ता

अ+ अ-

काठमाडौँ । रुपन्देही निर्वाचन क्षेत्र नम्बर-२ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएकी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की कर्भिका थापाले आफ्नो मनोनयन फिर्ता लिएक छन्। संविधानमा रहेको व्यवस्था अनुसार आवश्यक कानुनी म्याद पूरा नभएकाले उम्मेदवारी कायम राख्न नसकिएको उनको भनाइ छ।

थापाले जारी गरेको स्पष्टीकरण अनुसार नेपालको संविधानको धारा २९१ ले विदेशमा बसोबासका क्रममा प्राप्त स्थायी आवास अनुमति परित्याग गरेको कम्तीमा तीन महिना पूरा भएको हुनुपर्ने व्यवस्था गरेको छ। आफूले उक्त अवधि पूरा नहुँदै उम्मेदवारी दर्ता गराएको तथ्य जानकारीमा आएपछि संविधानको मर्म, कानुनी व्यवस्था र नैतिक जिम्मेवारीलाई आत्मसात् गर्दै उम्मेदवारी फिर्ता लिएको उनले उल्लेख गरेकी छन्।

उनका अनुसार पार्टी नेतृत्वबाट मनोनयन फिर्ता लिन सुझाव प्राप्त भएपछि विषयलाई पुनः मूल्यांकन गरिएको थियो। अध्ययनका सिलसिलामा विदेशमा रहँदा स्थायी आवास अनुमति लिएको स्वीकार गर्दै उनले नेपाली नागरिकता र राहदानीबाहेक अन्य कुनै देशको नागरिकता वा राहदानी नलिएको स्पष्ट पारेकी छन्।

कानुनी प्रावधान अनुसार आवश्यक समयावधि पूरा नगरी उम्मेदवारी दिएको अवस्थाले उत्पन्न हुन सक्ने संवैधानिक जटिलता टार्न उम्मेदवारी फिर्ता गरिएको थापाको भनाइ छ। उनले उम्मेदवारी फिर्ता लिए पनि राष्ट्र सेवाप्रतिको आफ्नो प्रतिबद्धता निरन्तर रहने बताउँदै राजनीति भित्र वा बाहिर रहेर प्रविधि विकास, उद्यमशीलता प्रवर्द्धन, युवा तथा महिला सशक्तीकरण र सुशासनका क्षेत्रमा सक्रिय योगदान गर्ने प्रतिबद्धता जनाएकी छन्।