२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतमा टी-२० विश्वकप खेल्न अस्वीकार गरे बंगलादेशको स्थानमा वैकल्पिक टोली उतार्ने आईसीसीको तयारी

अ+ अ-

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले बंगलादेशले भारतमा आयोजना हुने टी-२० विश्वकपमा सहभागिता जनाउन अस्वीकार गरेमा त्यसको स्थानमा अर्को देशलाई प्रतियोगितामा समावेश गर्ने निर्णय गरेको छ।

बंगलादेश क्रिकेट टोलीले विश्वकप खेल्न भारत नजाने स्पष्ट धारणा सार्वजनिक गरेपछि बुधबार बसेको आईसीसीको बैठकमा यस विषयमा छलफल भएको थियो। सो बैठकमा निर्णयका लागि मतदानसमेत गरिएको थियो, जसमा बहुसंख्यक बोर्ड सदस्यहरूले बंगलादेशको स्थानमा वैकल्पिक टोलीलाई अवसर दिनुपर्ने मत व्यक्त गरेका थिए। सोही बहुमतका आधारमा आईसीसी उक्त निष्कर्षमा पुगेको हो।

आईसीसीले बंगलादेश क्रिकेट बोर्ड (बीसीबी)लाई आफ्नो अडान पुनःविचार गर्न थप एक दिनको समय उपलब्ध गराएको छ। तोकिएको समयभित्र बंगलादेशले भारतमा खेल्ने निर्णय नगरेमा आईसीसीले अर्को टोलीलाई विश्वकपमा सहभागी गराउने प्रक्रिया अघि बढाउने जनाएको छ।

क्रिकेटसम्बन्धी अन्तर्राष्ट्रिय सञ्चारमाध्यम ईएसपीएन क्रिकइन्फोका अनुसार बंगलादेशको स्थानमा स्कटल्याण्डलाई अवसर प्रदान हुने सम्भावना देखिएको छ। स्कटल्याण्ड युरोपेली छनोट चरणमा नेदरल्याण्ड्स, इटाली र जर्सीभन्दा पछि परेपछि सन् २०२६ को टी-२० विश्वकपका लागि प्रत्यक्ष छनोट हुन असफल भएको थियो।