२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

झापामा इन्दिरा राना मगरसँग बालेनको भेट

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साहले झापा क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्य पदकी उम्मेदवार इन्दिरा रानामगरलाई चुनावी प्रतिस्पर्धामा समर्थन जनाएका छन्। उनले रानामगरको निवासमै पुगेर भेटघाट गर्दै अभियानप्रति ऐक्यबद्धता व्यक्त गरेका हुन्।

भेटका क्रममा समसामयिक राजनीतिक अवस्था, परिवर्तनमुखी सोच, सुशासनको अभ्यास र जनउत्तरदायी नेतृत्वको आवश्यकता विषयमा छलफल भएको बालेनको सचिवालयले जनाएको छ। छलफलमा दुवै पक्षले वर्तमान राजनीतिक प्रणालीमा सुधार र जनविश्वास अभिवृद्धिको आवश्यकता औँल्याएका थिए।

साह स्वयं झापा क्षेत्र नम्बर ५ मा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग निर्वाचन प्रतिस्पर्धामा रहेका छन्। यस्तै परिस्थितिमा पनि उनले झापा-२ मा रानामगरको उम्मेदवारीले सकारात्मक राजनीतिक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गर्दै सफलताका लागि सहयोग रहने प्रतिबद्धता जनाएका छन्।

पूर्वउपसभामुखसमेत रहेकी इन्दिरा रानामगर झापा-२ मा पूर्वसभामुख देवराज घिमिरेसँग चुनावी प्रतिस्पर्धामा उत्रिएकी छन्।