काठमाडौँ । झापाको दमक नगरमा नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालको नगर कमिटी अध्यक्ष र उपाध्यक्षले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रोजेका छन्। दमक नगर कमिटीका अध्यक्ष छवि खतिवडा र उपाध्यक्ष विजय तामाङ औपचारिक रूपमा रास्वपामा समाहित भएका हुन्।
रास्वपाका वरिष्ठ नेता बालेन साहले उनीहरूलाई पार्टीमा स्वागत गर्दै राजनीतिक सहभागिताको नयाँ यात्रामा सहकार्य हुने विश्वास व्यक्त गरेका छन्। साह हाल झापा-५ निर्वाचन क्षेत्रमा उम्मेदवारका रूपमा मतदातासँग प्रत्यक्ष भेटघाट र संवादमा सक्रिय छन्, जहाँ एमाले अध्यक्ष केपी शर्मा ओलीसमेत प्रतिस्पर्धामा छन्।
रास्वपामा प्रवेशपछि अध्यक्ष खतिवडाले समसामयिक राजनीतिक परिवर्तनलाई स्वीकार गर्दै अबको राजनीतिक भूमिकालाई स्वतन्त्र र वैकल्पिक धारमा केन्द्रित गर्ने बताए। उनले झापा-५ मा परिवर्तनमुखी र नयाँ राजनीतिक अभ्यासको पक्षमा बालेनले अघि सारेको अभियानमा सक्रिय योगदान रहने प्रतिबद्धता जनाएका छन्।







