२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वास्थ्यकर्मीहरूको पाँच वटा पेसागत संगठनद्वारा आमरण अनशन सुरु

अ+ अ-

काठमाडौँ । स्वास्थ्य व्यवसायी परिषद् दर्तावाला स्वास्थ्यकर्मीहरूको पाँच वटा पेसागत संगठनले दुई बुँदे माग अघि सार्दै आमरण अनशन सुरु गरेका छन् ।

स्वास्थ्य व्यवसायी परिषद् दर्तावाला स्वास्थ्यकर्मीहरूको पाँच वटा पेसागत संगठन तीन दिनदेखि आमरण अनशनमा बसेका छन् । 

नेपाल स्वास्थ्य व्यवसायी परिषद् ऐनको दफा ४ (२) र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग विगतमा भएको सहमति कार्यान्वयनका लागि भनेर सुरु गरिएको आमरण अनशनमा नेपाल सिएमए संघका केन्द्रीय उपाध्यक्ष गोपाल उपाध्याय अनसन बसेका हुन्।

नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसन, नेपाल जनस्वास्थ्य संघ, मेडिकल ल्याबरेटोरी एसोसिएसन, नेपाल सिएमए संघ र हेल्थ असिस्टेन्ट संघ नेपालले गठन गरेको संयुक्त संघर्ष समितिका तर्फबाट उपाध्याय अनशन बसेका हुन् । 

परिषदमा स्वास्थ्यकर्मीहरूको विद्यागत तथा सङ्ख्यात्मक आधारमा पेसागत संघसंस्थाको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने, साथै नर्स तथा सम्पूर्ण स्वास्थ्यकर्मीहरूका लागि सम्झौता अनुसारको तलब भत्ता तथा सेवा सुविधा तत्काल लागु गर्नु पर्ने माग अघि सारिएको छ ।

नेपाल चिकित्सक संघले, संयुक्त संघर्ष समिति र नर्स संघर्ष समितिले ऐक्यबद्धता जनाएका छन् ।