काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा देशका सातै प्रदेशमा एकैसाथ वृहत् रक्तदान कार्यक्रम आयोजना गरेको छ।
बैंकले स्थापनाको १९ वर्ष पूरा गरी २०औँ वर्षमा प्रवेश गरेको अवसरमा घोषणा गरिएका १९ वटा संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत उक्त रक्तदान कार्यक्रम सञ्चालन गरेको हो। बैंक पुस १८ गतेदेखि औपचारिक रूपमा २०औँ वर्षमा प्रवेश गरेको हो।
वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रम कोशी प्रदेशको तीनपैनी शाखा, मधेश प्रदेशको बर्दिवास शाखा, बाग्मती प्रदेशको कान्तिपथ र नारायणगढ शाखा, गण्डकी प्रदेशको पोखरा न्यूरोड शाखा, लुम्बिनी प्रदेशको चौराहा बुटवल र नेपालगञ्ज शाखा, कर्णाली प्रदेशको सुर्खेत शाखा तथा सुदूरपश्चिम प्रदेशको धनगढी शाखामा एकैसाथ सम्पन्न भएको बैंकले जनाएको छ।
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल तथा नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा आयोजित उक्त कार्यक्रममा ५५८ जना रक्तदाताको सहभागिता रहेको थियो। कार्यक्रममार्फत संकलन गरिएको रगत गरिब, विपन्न तथा न्यून आय भएका बिरामीलाई प्राथमिकताका आधारमा वितरण गरिने जनाइएको छ।
ग्लोबल आइएमई बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता सामाजिक तथा मानवीय कार्यक्रमहरू निरन्तर रूपमा सञ्चालन गर्दै आएको छ।
बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबाट फरक-फरक विधामा सम्मानित हुँदै आएको छ। बैंकले बैंक अफ द इयर २०१४, बेष्ट इन्टरनेट बैंक २०१६, बेष्ट बैंक नेपाल २०२४ र २०२५, युरोमनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेष्ट बैंक ईएसजी नेपाल २०२४ तथा बेष्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्डहरू प्राप्त गरिसकेको छ।
ग्लोबल आइएमई बैंक ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। हाल बैंकका ३५२ शाखा कार्यालय, ३८४ एटिएम, १५० शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र तीनवटा वैदेशिक प्रतिनिधि कार्यालय सञ्चालनमा छन्। एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत बैंकले ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ।
यसका साथै, बैंकले रेमिट्यान्स सेवामार्फत अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स (यूएई), बहराइन, कुवेत, भारत तथा जोर्डनलगायत मुलुकहरूबाट नेपालमा सुरक्षित र सहज आर्थिक सेवा उपलब्ध गराउँदै आएको छ।







