काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशनको बन्द सत्रमा राजनीतिक प्रतिवेदन पेस गरेका छन् ।
थापाले विशेष महाधिवेशनलाई अवैधानिक भनिएको भन्दै यसबारे जवाफ पनि दिएका छन् ।
महामन्त्री थापाले नेपालको संविधान, राजनीतिक दलसम्बन्धी ऐनले विशेष महाधिवेशनलाई अवैध भन्न नसक्ने बताएका हुन् ।







