२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

परम्परागत खाद्य परिकार मस्यौराको गुणस्तर र मापदण्ड निर्धारण

अ+ अ-

काठमाडौँ। नेपाल सरकारले परम्परागत खाद्य परिकार मस्यौराको गुणस्तर र मापदण्ड निर्धारण गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को अधिकार प्रयोग गरेर मापदण्ड बनाएको हो ।

राजपत्रमा सूचना प्रकाशित गर्दै मस्यौरा उत्पादन र बिक्री वितरणका लागि मापदण्डा तोकेको हो । यो मापदण्ड व्यावसायिक रूपमा उत्पादन र प्याकेजिङ गरी बिक्री गर्नेहरूका लागि हो ।

अब मस्यौरा बनाउँदा मासको दाल वा अन्य दलहनको लेदोमा पिँडालु, कर्कलो, तरुल, आलु वा कुभिण्डो जस्ता सामग्री मिसाउन पाइनेछ । तर, मस्यौराको मौलिकता जोगाउन यसमा कुनै पनि प्रकारको अन्न, भटमास वा सोबाट बनेका उत्पादनहरू प्रयोग गर्न पाइँदैन । मस्यौरालाई स-सानो गोलाकार वा अन्य आकार दिनु पर्ने छ । घाम वा मेकानिकल विधिबाट सुकाएको हुनुपर्ने मापदण्डमा उल्लेख छ ।

गुणस्तरका आधारमा मस्यौरामा कम्तीमा १५ प्रतिशत प्रोटिन हुनुपर्ने अनिवार्य गरिएको छ । त्यस्तै, ओसको मात्रा (जलांश) बढीमा ११ प्रतिशत र कुल भस्मको मात्रा ४ प्रतिशतभन्दा बढी हुन नहुने सीमा तोकिएको छ । सरकारले मस्यौरामा कुनै पनि बाह्य रंगको प्रयोग गर्न पाइँदैन ।

मस्यौरामा ढुंगा, बालुवा, सिसा, प्लास्टिक वा धातुका टुक्रा जस्ता अजैविक पदार्थ, कपाल, भुस वा पशुजन्य फोहोर जस्ता जैविक पदार्थको मिश्रण हुन नहुने व्यवस्था गरिएको छ । उत्पादकले मस्यौरालाई फूड ग्रेड प्याकेजिङ सामग्रीमा सिलबन्द गर्नुपर्ने छ । लेबलमा प्रयोग गरिएका सबै सामग्रीको विवरण स्पष्ट खुलाउनुपर्नेछ । राजपत्रमा प्रकाशित नयाँ मापदण्ड आगामी ९१औँ दिनदेखि लागु हुने छ ।