२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आपत्कालीन इजलासको मागमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश

अ+ अ-

काठमाडौँ । नेपालमा आपत्कालीन अवस्थामा तत्काल न्यायिक पहुँच सुनिश्चित गर्न माग गर्दै दायर गरिएको रिट निवेदनमा सर्वोच्च अदालतले विपक्षी पक्षको नाममा कारण देखाऊ आदेश जारी गरेको छ।

कानुनका विद्यार्थी रोशन आउजी, निकेश नेपाल र विवेक चौधरीले दायर गरेको उक्त रिटमा अदालत बन्द, सार्वजनिक बिदा वा नियमित इजलास नबस्ने समयमा नागरिकको जीवन, स्वतन्त्रता, सम्मान र सम्पत्तिमा तत्काल खतरा उत्पन्न हुँदा न्याय नपाउने अवस्था संविधान विपरीत भएको दाबी गरिएको थियो।

निवेदनमा संविधानको धारा २० अन्तर्गत न्यायको हकमा ‘छिटो तथा आपत्कालीन न्यायिक पहुँच’ समावेश हुने उल्लेख गर्दै भनिएको छ: “ढिलो न्याय भनेको न्याय नदिनु हो।” यस सिद्धान्तको प्रभावकारी कार्यान्वयनका लागि सर्वोच्च अदालतमा २४ घण्टा सञ्चालन हुने आपत्कालीन इजलास (इमर्जेन्सी बेन्च) आवश्यक रहेको जिकिर गरिएको छ।

निवेदकहरूले सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ३(४) र ४(३) ले प्रधान न्यायाधीशलाई अदालतको कार्य समय बाहेक र बिदाका दिनमा समेत इजलास तोक्ने अधिकार दिएको भए पनि सो अधिकार प्रयोग गरी आपत्कालीन इजलास सञ्चालनमा नआएको विषयलाई गम्भीर संवैधानिक प्रश्नको रूपमा उठाएका छन्।

न्यायाधीश नृपध्वज निरौला द्वारा कारण देखाऊ आदेश जारी गरिएको हो। प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतले विपक्षी पक्षहरू-सर्वोच्च अदालत प्रशासन र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका नाममा “विद्यमान संवैधानिक तथा कानुनी अधिकार हुँदाहुँदै पनि आपत्कालीन इजलास किन सञ्चालनमा ल्याइएन?” भन्ने विषयमा लिखित जवाफ पेश गर्न आदेश दिएको हो।

यस्तो छ आदेश

निवेदक पक्षले अदालतमा बहसका क्रममा भनेका थिए, “जब स्वतन्त्रता कार्यालयको समय पर्खिन सक्दैन, तब न्याय पनि अदालतको समय पर्खिन सक्दैन।” उनीहरूले आपत्कालीन अवस्थामा न्यायिक संरक्षण नहुनु मौलिक हकको प्रत्यक्ष उल्लङ्घन हुने दाबी गरेका थिए।

सर्वोच्चमा पेश गरिएको निवेदन