२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ग्लोबल आइएमई बैंकको १९औँ वार्षिकोत्सवमा १५ वर्ष सेवा पुरा गरेका १७५ कर्मचारी सम्मानित

अ+ अ-

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो स्थापनाको १९औँ वार्षिकोत्सवका अवसरमा बैंकमा निरन्तर १५ वर्ष सेवा पुरा गरेका १७५ कर्मचारीलाई सम्मान गरेको छ।

बैंकद्वारा आयोजित विशेष कार्यक्रममा चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्यमा दीर्घकालीन सेवा प्रदान गर्दै आएका कर्मचारीहरूलाई खादा र सम्मान पत्र प्रदान गरी सम्मान गरिएको हो।

काठमाडौँमा सम्पन्न समारोहमा बैंक सञ्चालक समितिका अध्यक्ष ढकालसहित सदस्यहरू राधेश पन्त, रामबहादुर भण्डारी, कृष्णप्रसाद शर्मा, मदनलाल जोशी र नारायणप्रसाद पौडेल, प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी तथा नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले संयुक्त रूपमा सम्मान प्रदान गरेका थिए । 

समारोहमा सम्बोधन गर्दै अध्यक्ष ढकालले मर्जर र व्यवसाय विस्तारसँगै बैंकको गुणस्तर वृद्धिलाई प्राथमिकतामा राख्दै सेवाहरूलाई अझ प्रभावकारी र प्रविधिमैत्री बनाइँदै लगिने बताए । उनले १९औँ वाणिज्य बैंकका रूपमा स्थापना भएको ग्लोबल आइएमई बैंकले १९ वर्षमै अधिकांश वित्तीय सूचकमा आफूलाई अग्रणी बनाउन सफल भएको उल्लेख गरे । 

बैंक वा कुनै पनि संस्था सफल हुनुमा नेतृत्वसँगै सम्पूर्ण टिमको सहकार्य, मिहिनेत र लगनशीलताको उत्तिकै भूमिका रहने उल्लेख गर्दै अध्यक्ष ढकालले कर्मचारीहरूलाई अझ जिम्मेवार र समर्पित भएर कार्य गर्न आग्रह गरे । 

यसैगरी, प्रमुख कार्यकारी अधिकृत रेग्मीले बैंकले डिजिटल युगअनुकूल नवीन तथा ग्राहकमैत्री सेवा प्रदान गर्ने लक्ष्यसहित अघि बढिरहेको बताए। नायब प्रमुख कार्यकारी अधिकृत पोखरेलले आगामी दिनमा ग्राहक सेवा र सन्तुष्टिलाई केन्द्रमा राख्दै अझ गुणस्तरीय बैंकिङ सेवा प्रदान गरिने प्रतिबद्धता व्यक्त गरे । 

ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबाट ‘बैंक अफ द इयर २०१४’, ‘बेस्ट इन्टरनेट बैंक २०१६’, ‘बेस्ट बैंक नेपाल २०२४ र २०२५’, ‘युरोमनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५’, ‘बेस्ट बैंक ईएसजी नेपाल २०२४’ तथा ‘बेस्ट इम्प्लोयर’जस्ता प्रतिष्ठित अवार्डबाट सम्मानित भइसकेको छ।

देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गरेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंकका रूपमा रहेको यस बैंकले ३५२ शाखा, ३८४ एटिएम, १५० शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वैदेशिक प्रतिनिधि कार्यालयमार्फत १,००० भन्दा बढी सेवा केन्द्रबाट ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।

बैंकले अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, खाडी मुलुकलगायत विभिन्न देशबाट रेमिट्यान्स सेवा सञ्चालन गर्दै नेपालको आर्थिक समृद्धिमा योगदान पुर्‍याउँदै आएको छ।