२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महासचिव गुटेरेसले भने : ‘भेनेजुएलाको अस्थिरता र भविष्यमा बस्ने नजिरप्रति चिन्तित छु’

अ+ अ-

काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले भेनेजुएलामा भएको अमेरिकी सैन्य हस्तक्षेपमा अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

सोमबार सुरक्षा परिषद्को बैठकमा सम्बोधन गर्दै उनले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका लागि अन्तर्राष्ट्रिय कानुनको पालना अनिवार्य रहेकोमा जोड दिए ।

अमेरिकी सैन्य कारबाहीका क्रममा अपदस्थ भेनेजुएलाली नेता निकोलस मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई नियन्त्रणमा लिइएको घटनाप्रति लक्षित गर्दै गुटेरेसले यसले पार्न सक्ने दीर्घकालीन असरबारे चेतावनी दिएका छन् । ‘यस घटनाले देशमा निम्त्याउन सक्ने अस्थिरता, क्षेत्रीय प्रभाव र भविष्यमा विभिन्न राष्ट्रहरूबीचको सम्बन्ध सञ्चालनमा बस्न सक्ने नजिरप्रति म निकै चिन्तित छु, ’महासचिवले भने ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनएनका अनुसार भेनेजुएला दशकौँदेखि आन्तरिक अस्थिरता, सामाजिक र आर्थिक संकटबाट गुज्रिरहेको उल्लेख गर्दै गुटेरेसले त्यहाँको लोकतन्त्र कमजोर भएको र लाखौँ मानिस विस्थापित हुनुपरेको यथार्थ पनि स्मरण गरे । उनले भने, ‘अहिलेको अवस्था अत्यन्तै नाजुक छ, तर अझै पनि ठूलो र विनाशकारी द्वन्द्वलाई टार्न सम्भव छ ।’

यस्तो जटिल र अन्योलपूर्ण परिस्थितिमा सिद्धान्तमा अडिग रहनुपर्नेमा जोड दिँदै उनले लागूऔषध ओसारपसार, प्राकृतिक स्रोतको विवाद र मानवअधिकारका सवालहरूलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय कानुनमा पर्याप्त संयन्त्र रहेको बताए । ‘हामीले अपनाउनुपर्ने बाटो यही नै हो, ’उनले भने ।