२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मोबाइल एप बनाएर १२ करोडभन्दा बढी ठगी गर्ने चिनियाँसहित ११ जना पक्राउ

अ+ अ-

काठमाडौँ । अनलाइन स्क्यामिङ मार्फत सर्वसाधारणलाई करोडौँ ठगी गर्ने गिरोहलाई प्रहरीको साइबर ब्युरोले पक्राउ परेको छ । पक्राउ पर्नेमा चिनियाँ नागरिकसहित ११ जना छन् ।

चितवनको खैरहनीमा ‘एसएमसीएन एड्भरटाइजिङ सर्भिस सेन्टर’ नामक कार्यालय खोलेर ‘एसएमसी’ नामक मोबाइल एपमार्फत् उनीहरूले विभिन्न प्रलोभनमा पारी स्क्याम गर्ने गरेको एसपी दीपकराज अवस्थीले बताए ।

यो एप्लिकेसनमार्फत ७० हजारभन्दा बढी नेपाली नागरिकलाई उनीहरूले सञ्जालमा जोडिसकेको ब्युरोद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

पक्राउ पर्नेहरूमा ३७ वर्षीय चिनियाँ नागरिक हे जियाङजियाङसहित मिलन श्रेष्ठ, सौगात थापा, वीरबहादुर तामाङ, सोनम खातुन, प्रिया के।सी, मोनिका गुरुङ, गीता गुरुङ, नासिर मिया अन्सारी, सायरा खातुन र राम निवास प्रसाद कलवार रहेका छन् । उनीहरूलाई काठमाडौँको ठमेल, टोखा, तारकेश्वर तथा रुपन्देही र पर्साका विभिन्न ठाउँबाट पक्राउ गरिएको हो ।

उनीहरूविरुद्ध हालसम्म २५५ जनाले सामूहिक उजुरी दिएको प्रहरीको भनाइ छ । ती २५५ जनाबाट १२ करोड ८ लाख १६ हजार ३७२ रुपैयाँ बराबरको ठगी गरिएको छ ।

यो समूहले चितवनको विश्वप्रसिद्ध फिल्म कम्पनीहरू युनिभर्सल, वार्नर ब्रदर्स र डिज्नीसँग सहकार्य रहेको दाबी गर्दै सर्वसाधारणलाई विश्वासमा लिने गरेका थिए। उनीहरूले पिरामिड शैलीको ‘पोन्जी स्किम’ अपनाएर नयाँ सदस्य भर्ना गरेबापत आकर्षक कमिसन र दैनिक बोनस दिने लालच देखाउँथे ।

पक्राउ परेकाहरूमाथि संगठित अपराध निवारण ऐन र मुलुकी अपराध संहिता बमोजिम अदालतबाट म्याद थपेर अनुसन्धान थालिएको छ ।

ब्युरोले घरमै बसी भिडिओ हेरेर पैसा कमाउने वा थोरै लगानीमा धेरै फाइदा हुने जस्ता लोभलाग्दा विज्ञापनको पछाडि नलाग्न सर्वसाधारणलाई सचेत गराएको छ। साथै, आफ्नो बैंक खाता वा क्युआर विवरण अपरिचित व्यक्तिलाई शेयर नगर्न र ठगिएमा तुरुन्त डिजिटल प्रमाणसहित प्रहरीमा उजुरी अनुरोध गरिएको छ ।