२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सरोकारवालाले भने : ‘पर्यटन क्षेत्रको विकासका लागि भरतपुर-लुम्बिनी-पोखरालाई जोड्न जरुरी’

अ+ अ-

काठमाडौँ । सरोकारवालाले तीन पर्यटकीय गन्तव्य भरतपुर-लुम्बिनी-पोखरालाई जोडेर पर्यटन विकास गर्नुपर्नेमा जोड दिएका छन् । आज सुनौलो नेपालले आयोजना गरेको ‘भरतपुरको पर्यटन’ विषयक समूहगत छलफलका क्रममा सहभागीहरूले तीनवटा पर्यटकीय गन्तव्यलाई जोडेर ‘गोल्डेन ट्रायङ्गल’का रूपमा विकास गर्न सकिने सुझाव दिएका हुन्।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले भरतपुरमा पर्यटनको ठूलो सम्भावना भएको उल्लेख गर्दै पर्याप्त रूपमा यसको उपयोग गर्न नसकिएको बताए । उनले भारतमा गत वर्ष आयोजना भएको महाकुम्भको उदाहरण दिँदै नारायणी, देवघाटजस्ता क्षेत्रमा पनि सो प्रकारका पर्यटक ल्याउन सकिनेमा जोड दिए । “हामीले उपलब्ध स्रोतसाधनको पनि उपयोग गर्न सकेका छैनौँ, सुनको कचौरामा मागिरहेका छौँ”, उनले भने ।

कुनै पनि व्यवसायीले पर्यटनमा लगानी गर्दा त्यो व्यक्तिको मात्र नभई समग्र समुदायका लागि हुने भएकाले सोअनुसारको मानसिकता विकास गर्न जरुरी भएको उनको भनाइ थियो । पर्यटनले प्रत्यक्षभन्दा बढी अप्रत्यक्ष रूपमा रोजगारी सृजना गर्नेदेखि समग्र अर्थतन्त्र चलायमान बनाउनका लागि सहयोग गर्ने बताए । 

त्यस अवसरमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोज ज्ञवालीले भरतपुर प्रमुख पर्यटकीय गन्तव्य भएको बताए । उनले भने, “देशभर २७ वटा पाँचतारे होटेल छन्, त्यसमध्ये चितवनमा मात्र छवटा छन्, पर्यटनमा राम्रो सम्भावना भएकाले पनि पर्यटकीय पूर्वाधारमा लगानी पनि बढेको छ ।”

उनले भरतपुरमा रहेको पर्यटनको सम्भावनालाई पूर्ण रूपमा उपयोग गर्नका लागि ‘कनेक्टिभिटी’ महत्त्वपूर्ण भएको बताए । “भरतपुर भूगोलका हिसाबले मध्य भागमा छ, यहाँस्थित चितवन राष्ट्रिय निकुञ्जमा मात्र पाँच सय ४६ भन्दा बढी प्रजातिका चराचुरुंगी छन्, थारुको संस्कृति, जङ्गल सफारी, बोट सफारी गर्दा अचम्मको शान्ति प्राप्त हुन्छ”, उनले भने, “स्वास्थ्य र शिक्षाका हिसाबले पनि यो गन्तव्य बनेको छ ।”

पर्यटन विज्ञ डा. विश्व सुवेदीले चितवनलाई पर्यावरणमैत्री पर्यटनको केन्द्रका रूपमा विकास गर्नुपर्ने धारणा राखे । उनले र लुम्बिनीलाई सांस्कृतिक पर्यटन, पोखरालाई पदयात्रा पर्यटन र चितवनलाई वाइल्ड लाइफ सफारी पर्यटनका रूपमा विकास गरी जोड्न आवश्यक भएको बताए । यसका लागि पोखरा महानगर, लुम्बिनी सांस्कृतिक नगरपालिका र भरतपुर महानगरपालिकाबीच सहकार्य गर्न लागिएको पनि बताए ।

साथै भरतपुर नगरपालिकाले यहाँ रहेका सातवटा ताललाई समेटेर लेकसाइड नयाँ सर्किट बनाउन लागेको उनको भनाइ छ । साथै भरतपुरको पर्यटकीय गतिविधि बढाउनका लागि सोहीअनुसारका गतिविधि पनि बढाउन लागेको बताए ।