२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसले समानुपातिकमा नयाँलाई उम्मेदवार बनाउने 

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले प्रतिनिधि सभा समानुपातिकतर्फ नयाँलाई अवसर दिने भएको छ। २०६४ सालदेखि २०७९ सालसम्मको चुनावमा समानुपातिकतर्फ अवसर पाएकाहरूलाई यसपालि समानुपातिक उम्मेदवार सूचीमा नराख्ने निर्णय काँग्रेसले गरेको हो।

‘पार्टीमा पटक पटक अवसर पाएकाहरूलाई यसपालि समानुपातिकतर्फ उम्मेदवार नबनाउने पार्टीले आज निर्णय लिएको छ,’ एक पदाधिकारीले भने, ‘२०६४, २०७०, २०७४ र २०७९ को चुनावमा समानुपातिक सांसद भएकालाई यसपालि सूचीमै नराख्ने निर्णय भएको छ। यसले नयाँ साथीहरूलाई अवसर मिल्छ।’

निर्वाचन आयोगमा समानुपातिकतर्फ उम्मेदवार सूची बुझाउने समय आज र भोलि छ। काँग्रेसले समानुपातिक उम्मेदवार सूची बनाइरहेको छ, सोही क्रममा सानेपामा बसेको बैठकले यस्तो निर्णय गरेको हो।

क्षेत्र, जिल्ला, प्रदेशबाट समानुपातिक उम्मेदवार सूची सिफारिसमा युवाहरू पनि समावेश भएका थिए।