२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दाउन्ने र सिद्धबाबा सुरुङमार्गको काम निर्धारित समयमै सक्न मन्त्री घिसिङको निर्देशन

अ+ अ-

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल-नारायणगढ सडकखण्डको दाउन्ने र सिद्धबाबा सुरुङमार्गको अवलोकन गर्दै निर्धारित समयमै काम सक्न निर्देशन गरेका छन् ।

आइतबार साँझ उनले सुरुङ मार्गको प्रगतिका बारेमा जानकारी लिएका हुन् । सुरुङ मार्गको अवलोकन गर्दै उनले प्रगतिका बारेमा चासो राखेका हुन् । आयोजनाका प्रमुख नवराज बास्तोलाका अनुसार मन्त्री घिसिङले द्रुत गतिमा काम अगाडि बढाउन निर्देशन दिएका हुन् ।

सुरुङ मार्ग निर्माणका क्रममा देखिएका समस्याहरू निर्माण कम्पनी तथा आयोजनाले मन्त्री समक्ष राखेका थिए । सुरुङ मार्गको तीन वटै बाइपासको ब्रेक थ्रु गतवर्ष नै भएको थियो ।  तेस्रो र पहिलोको ब्रेक थ्रु अघिल्लो वर्षको भदौ तथा असोजमा भएकोमा दोस्रो बाइपासको ब्रेक थ्रु गतवर्षको पुस ७ गते भएको थियो ।

पहिलो बाइपासको लम्बाई १ सय ५१ मिटर, दोस्रोको १ सय ६१ र तेस्रोको १ सय ३० मिटर लम्बाइ रहेको छ ।  सिद्धार्थ राजमार्ग भएर साना-ठूला दैनिक हजारौँ सवारी बुटवलबाट पाल्पा, गुल्मी, अर्घाखाची, स्याङजा, पोखरा,  बाग्लुङलगायत लुम्बिनी र गण्डकीका पहाडी जिल्लाहरूमा ओहोरदोहोर गर्छन् ।

यसअघि पूर्वपश्चिम राजमार्गको दाउन्ने खण्डको काम ढिलाइ नगरी चाँडो सक्न मन्त्री  घिसिङले निर्देशन दिएका छन् । निर्माणाधीन बुटवल नारायणगढ सडक अन्तर्गतको दाउन्ने खण्डको काम जनवरीसम्म काम सक्न उनले निर्देशन दिएका हुन् ।

निर्माण कम्पनीले सो खण्डको कामलाई तीव्रताका साथ अघि बढाउने १० वटा समूह बनाएर जनवरीसम्म एकतर्फी कङ्क्रीटको काम सक्ने गरी निर्माण स्थलमा खटाउने प्रतिबद्धता जनाएको बताउँदै मन्त्री घिसिङले सहज रूपमा यातायात आउजाउ गर्ने वातावरण बनाउन निर्देशन दिए ।

विगतको तुलनामा पछिल्लो समय कामले गति लिए पनि सन्तुष्ट हुने गरी काम नभएको उल्लेख गर्दै मन्त्री घिसिङले सरकारले यो सडकका विषयमा गर्नुपर्ने नीतिगत निर्णयहरू पनि यथाशक्य गर्ने बताएका थिए ।