काठमाडौँ । बैंकिङ कसुर मुद्दाका एक फरार प्रतिवादीलाई प्रहरी पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका-११ भोटेवहाल बस्ने सोही महानगरपालिका-२१ सेतोवहाल घर भएका ४१ वर्षीय मनोहर लाल श्रेष्ठलाई छन् ।
जिल्ला अदालत काठमाडौँको २०८१ असार २३ गतेको फैसलाले उक्त मुद्दामा ३६ लाख रुपैयाँ जरिवाना र ५ दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले स्वयम्भूबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौँमा पेस गरिएको छ ।







