२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णालीले जनकपुरलाई दियो एक सय ३० रनको लक्ष्य 

अ+ अ-

काठमाडौँ । कर्णाली याक्सले दोस्रो सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को लिग चरणको अन्तिम खेलमा जनकपुर बोल्ट्सलाई एक सय ३० रनको लक्ष्य दिएको छ । 

आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै एक सय २९ रन बनायो । 

कर्णालीको लागि डेब्यु खेल खेलेका ओपनर इमरान शेखले सर्वाधिक ३३ रन बनाए । ३२ बलमा समान एक चौका र एक छक्का हिर्काएका इमरानलाई ललित राजवंशीले संजय कृष्णमुर्थीबाट क्याच गराएका थिए । २० बलमा १९ रन बनाएका गुल्शन झालाई माज सादकतले अनिलकुमार शाहबाट क्याच आउट गराए । 

भारतीय चर्चित खेलाडी प्रियांक पाञ्चालले १८ बलमा १६ रनको योगदान गरे । तीन चौका प्रहार गरेका उनलाई ललित राजवंशीले कारीको हातबाट क्याच आउट गराएका हुन् । १५ र बनाएका विलियम बोसिस्टोलाई आदित्य महराले बोल्ड गरेका थिए । नाजिबुल्लाह जाद्रनले पनि १३ रन मात्रै बनाए । कप्तान सोमपाल कामी भने १८ रन बनाएर अविजित रहे । 

दोस्रो एनपिएलमा पहिलो सतक प्रहार गरेका मार्क वाट ७ बलमा ४ रन बनाउँदा एलबिडब्लू धराप परे । पवन सरार्फ पनि १ रन बनाएर पेभिलियन फर्किएपछि कर्णाली सानो स्कोरमै खुम्चिएको थियो । कमब्याक गरेका अर्जुन घर्ती पनि ४ रन बनाएर रन आउट भएका थिए । 

दुई खेलमा बेन्चमै रहेर कमब्याक गरेका ललित र आदित्य महताले समान सर्वाधिक २ विकेट लिए । संगित कोरी, अनिलकुमार साह र माज सादकतले समान एक विकेट लिएका थिए ।

प्लेअफबाट बाहिरिसकेका कर्णाली र जनकपुर दुबै दोस्रो जितको खोजीमा छन् । कर्णालीले लगातार चार हारको शृंखला रोक्ने योजनामा छ । पछिल्लो खेलमा कर्णाली पोखरासँग ३४ रन, काठमाडौंसँग ५ विकेट, विराटनगरसाग ३ विकेट तथा सुदूरपश्चिमसँग ४५ रनले पराजित भएको थियो । त्यसअघि पहिलो खेलमा चितवनसँग ४ विकेटले पराजित कर्णाली दोस्रो खेलमा भने लुम्बिनीवरुद्ध ९ विकेटको जित निकालेको हो । 

साविक विजेता जनकपुर पनि चितवनविरुद्ध ६ विकेटले विजयी भएको थियो । त्यसअघि टोली लगातार काठमाडौंविरुद्ध ५ विकेट, विराटनगरविरुद्ध ९ विकेट, पोखराविरुद्ध २५ रन, सुदूरविरुद्ध ६ विकेट तथा लुम्बिनीविरुद्ध पछिल्लो खेलमा ४ विकेटले पराजित भएको थियो । 

यसअघि शीर्षस्थानमा रहँदा सुदूरपश्चिम, दोस्रो स्थानको विराटनगर किंग्ससहित तेस्रो काठमाडौं र चौथो लुम्बिनी प्लेअफमा स्थान बनाइसकेका छन् । कर्णाली र जनकपुरसँगै पोखरा र चितवन पनि समूह चरणबाटै बाहिरिएका छन् ।  योसँगै आजबाट लिग चरणका खेल सकिनेछन् ।