२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेकपा संयुक्तले माघ ३ र ४ गते राष्ट्रिय सम्मेलन गर्ने

अ+ अ-

काठमाडौँ । नेकपा (संयुक्तले आगामी माघ ३ र ४ गते काठमाडौँमा राष्ट्रिय सम्मेलन गर्ने भएको छ।

आज आयोजित पत्रकार सम्मेलनमा पार्टीका कार्यवाहक अध्यक्ष घनश्याम भुसालले कम्युनिष्ट पार्टीहरूमा आएको सैद्धान्तिक विचलनका कारण कम्युनिष्ट आन्दोलनलाई पुन:गठन गरी शक्तिशाली बनाउन सम्मेलन गर्न लागेको जानकारी दिए।

पार्टीको केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेताका रूपमा घनेन्द्र बस्नेत, कृष्णप्रसाद भण्डारी, खेमबन्धु कोइरालालाई मनोनयन गर्ने निर्णय गरेको बताउँदै नेता भुसालले पार्टीका अन्य दस्ताबेज र विधानहरू पनि तयार गर्न आफ्नो नेतृत्वमा चार सदस्यीय कार्यदल गठन गरिएको बताए।

मुलुक भूराजनीतिको चपेटामा परेकाले अहिले गम्भीर संकटमा फसेको उल्लेख गर्दै उनले सबै देशभक्त, लोकतान्त्रिक शक्ति, राष्ट्रवादी र कम्युनिष्ट शक्ति एकताबद्ध हुनुपर्नेमा जोड दिए।

उनले देशमा भ्रष्टाचार, अनियमितता, कुशासन बढ्दै गएकाले त्यसको अन्त्य गर्न माग सहित जेन जेड आन्दोलन भएको त्यसको भावनाअनुरूप ठुला राजनीतिक पार्टी तथा नेतृत्व सुध्रिन नसकेकामा चिन्ता व्यक्त गरे।

पुराना पार्टी नसुध्रिने तथा नयाँ पार्टीहरू राजनीतिप्रति परिपक्व नहुँदा आफूहरूले नयाँ अभियान साथ पार्टी पुनः गठन गर्ने बताउँदै कायवाहक अध्यक्ष भुसालले घुस नखानेहरूको पार्टी बनाउने त्यसमा सदाचारी र निष्ठावान् सबै अटाउने प्रष्ट पारे। नेकपा (संयुक्त) र एकीकृत समाजवादी पुन:गठन अभियानबीच एकता गरी सो पार्टी गठन गरिएको थियो।