काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय संगठन विभागले पार्टीको एघारौँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि चयन प्रक्रियालाई सुव्यवस्थित बनाउन विस्तृत निर्देशन जारी गरेको छ ।
मंसिर २७-२९ गते हुने महाधिवेशन तयारीसँगै विभागले प्रतिनिधि चयनका सबै चरणमा कडाइका साथ विधि पालन गर्न सम्बन्धित संरचनाहरूलाई निर्देशन दिएको हो ।
विभागको बैठकले पारित गरेको निर्णयअनुसार प्रतिनिधि छनोट कार्य मंसिर १३ गतेभित्र अनिवार्य रूपमा सम्पन्न गर्नुपर्ने छ । यसका लागि केन्द्रीय कमिटीको अपानी-१३ को निर्देशनलाई आधार मानेर निर्धारित सङ्ख्यामा प्रतिनिधि चयन गर्न प्रदेश, जिल्ला, पालिका र सबै तहका पार्टी कमिटीहरूलाई भनिएको छ।







