२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री कार्कीले भनिन् : ‘लोकतान्त्रिक निकासका लागि फागुन २१ को निर्वाचन अनिवार्य छ’

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते निर्धारित प्रतिनिधि सभा निर्वाचन राष्ट्रलाई संवैधानिक अनिश्चितताबाट जोगाउने एक मात्र वैधानिक निकास भएको बताएकी छन् । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित सर्वदलीय बैठकमा सम्बोधन गर्दै उनले सबै राजनीतिक दललाई समयमै र जिम्मेवारीपूर्वक निर्वाचन प्रक्रियामा सहभागिताका लागि आग्रह गरेकी हुन् ।

प्रधानमन्त्री कार्कीले वर्तमान सरकार युवापुस्ताको जायज आक्रोश र दशकौँदेखिको राजनीतिक बेथितिविरुद्धको आन्दोलनको जगमा भएको अवगत गराउँदै भनिन्, “युवाले एउटा स्पष्ट सन्देश दिए, “अब पुग्यो ! भ्रष्टाचार, कुशासन र पहुँचको राजनीति अब चल्दैन ।”

यसै ऐतिहासिक जनादेशमा रहेर तत्कालीन आवश्यकतालाई सम्बोधन गरी राजनीतिक निकास दिनका लागि राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरी आगामी फागुन २१ गते निर्वाचन घोषणा गरेको उनले बताइन् । “यो घोषणा राष्ट्रलाई संवैधानिक सङ्कटबाट बचाउने र लोकतन्त्रको ‘लिक’मा अड्याउने एक मात्र अनिवार्य कदम थियो”, उनले भनिन् ।

प्रधानमन्त्री कार्कीले देश निर्णायक मोडमा उभिएको र यो भेला केबल औपचारिकताका लागि नभई लोकतन्त्रको भविष्य सुनिश्चित गर्न उच्च राजनीतिक संकल्प प्रदर्शन गर्ने साझा मञ्च र अवसर भएको धारणा व्यक्त गरिन् । उनले लोकतन्त्रको भविष्य सुनिश्चित गर्ने कि यसलाई थप अनिश्चयको खाडलमा धकेल्ने भन्ने प्रश्नको जवाफ आज यहाँ सबैले दिनुपर्ने भएको उनले बताइन् ।

आगामी फागुन २१ मा प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न गर्नु सरकारको संवैधानिक दायित्व र जनताप्रतिको अटल राजनीतिक प्रतिबद्धता भएको बताउँदै उनले संवैधानिक अडानमा कुनै अलमल नभएको स्पष्ट पारिन् । “निर्वाचनको अनिवार्यताका बारेमा पनि हाम्रो प्रतिबद्धता दह्रिलो र स्पष्ट छ”, उनले भनिन् ।

निर्वाचनको घोषणापछि पनि कुनै कुनै दलमा राजनीतिको छेउ कुनामा देखिएको अन्योल, संसद् पुन:स्थापनाको माग र सरकारको वैधानिकतामाथि प्रश्न उठाउने कार्यले राष्ट्रलाई फेरि अस्थिरताको चक्रमा धकेल्नसक्ने उनका भनाइ थियो ।

“अब संसद् पुन:स्थापनाको अडान लिने हो भने त्यस कार्यले केबल विगतको राजनीतिक दुर्घटनालाई दोहोर्‍याउन खोजेको पुष्टि हुन्छ”, प्रधानमन्त्री कार्कीले भनिन् “तसर्थ हामीले अब राजनीतिक बहसलाई संवैधानिक निकासको बाटो अर्थात् निर्वाचनमा केन्द्रित गर्नुपर्छ ।”

लोकतन्त्रमा विश्वास गर्ने शक्तिका लागि निर्वाचनबाट भाग्नु कुनै विकल्प नभएको बताउँदै उनले लोकतन्त्रमा विश्वास गर्ने कुनै पनि दलले जनमतको सम्मान नगरी पुन:स्थापनाको कुरा गरेर संवैधानिक दायित्वबाट पलायन नहोस् भनी आग्रह गरिन् ।

“लोकतन्त्रका वाहक शक्ति राजनीतिक दल नै हुन् । दलको साथ, सहयोग र सहभागिताबिना चुनावको परिकल्पना पनि असम्भव हुन्छ । म सबै दलहरूलाई विनम्र आग्रहका साथै दृढतापूर्वक भन्न चाहन्छु, मङ्सिर १० गतेभित्र अनिवार्य रूपमा निर्वाचन आयोगमा निर्वाचन प्रयोजनका लागि दल दर्ता गराउनुहोस्”, उनले भनिन्, “यो समय सीमा केबल एउटा प्रशासनिक प्रक्रिया होइन यो राष्ट्रप्रतिको तपाईँहरूको न्यूनतम राजनीतिक प्रतिबद्धताको कसीमा जाँच हो । दल दर्ता नगर्ने वा निर्वाचन बहिष्कार गर्ने कुनै पनि दलले लोकतन्त्रको रक्षाभन्दा अराजकता रोजेको ठहरिनेछ ।”

निर्वाचनको संघारमा राजनीतिक आचार र अभिव्यक्तिमा पनि ध्यान दिनु आवश्यक रहेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले केही नेताहरूले प्रयोग गरेका द्वेषपूर्ण शब्दावलीहरूले राजनीतिक र सामाजिक वातावरणलाई दूषित बनाएको गुनासो गरिन्। आचारसंहिताको गम्भीर उल्लंघन मान्दै त्यस्ता द्वेषपूर्ण अभिव्यक्ति र ‘हेट स्पीच’ विरुद्ध तत्काल र सार्वजनिक कारबाही गर्न सरकारले निर्वाचन आयोगलाई पूर्ण सहयोग गर्ने उनको भनाइ थियो । उनले शब्दहरूको मर्यादा कायम गर्नुपर्ने र राजनीतिमा संस्कार र अनुशासन पनि अनिवार्य हुनुपर्ने बताइन् ।

प्रधानमन्त्री कार्कीले निर्वाचन आयोगको सबलीकरण निर्वाचनका लागि एउटा अनिवार्य सर्त भएको र निर्वाचन आयोगलाई बलियो र प्रभावकारी बनाउन, यसको सुदृढीकरणका लागि आवश्यक सबै प्रकारका सहयोग गर्न सरकार तत्पर रहेको प्रतिबद्धता व्यक्त गरिन् । उनले आयोगले पनि तत्कालै आफ्नो कार्ययोजनालाई तीव्र गतिमा अगाडि बढाएको बताइन् ।

विगतका निर्वाचनमा देखिएको अनावश्यक खर्च, स्रोतसाधनको दुरुपयोग र कर्मचारी भर्नाको बदनामी रोक्न सरकारले कडाइका साथ निगरानी गर्ने उल्लेख गर्दै उनले भनिन्, “प्रचारप्रसारको अवधि २१ दिनभन्दा बढी नदिने व्यवस्था मिलाई हामी निर्वाचनलाई मितव्ययी र पारदर्शी बनाउन प्रतिबद्ध छौँ । यो नेपाली नागरिकको करको पैसा हो, यसलाई दुरुपयोग हुन दिइने छैन ।”

यो सरकारको मुख्य कार्यदिशा ‘सुरक्षा र सुशासन’ भएको बताउँदै प्रधानमन्त्री कार्कीले दलहरूको विश्वास पुन:स्थापित नगरी निर्वाचन सफल हुन नसक्ने उल्लेख गरिन् । भर्खरै भएको युवाको विद्रोहले दलाल, बिचौलिया, भ्रष्ट, माफियालाई संरक्षण दिने प्रवृत्तिको अन्त्य गर्न आह्वान गरेको उहाँले बताइन् । “हामी यो आवाजलाई पूर्ण रूपमा सम्मान गर्छौँ । युवाको असन्तुष्टि केबल कानुन व्यवस्थाको समस्या होइन, यो संरचनागत र राजनीतिक सम्बोधनको माग हो”, उनले भनिन् ।

युवाको आक्रोशलाई सरकारले मतपत्रको सकारात्मक ऊर्जामा रूपान्तरण गर्न चाहेको बताउँदै प्रधानमन्त्री कार्कीले सडकको विद्रोहलाई नीति निर्माणको टेबलतर्फ डोर्‍याउन चाहेको उल्लेख गरिन्। यसैका लागि निर्वाचन प्रक्रियामा युवाको सहभागिता उल्लेख्य वृद्धि गर्न अध्यादेशमार्फत निर्वाचन कानुनमा सुधार ल्याउन लागेको उनले अवगत गराइन् । उनले आन्दोलनका क्रममा भएका हिंसात्मक घटनाको निष्पक्ष र द्रुत अनुसन्धान गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन लागेको बताइन् ।

प्रधानमन्त्री कार्कीले जबाफदेहीताका लागि राष्ट्रिय सतर्कता केन्द्रलाई सशक्त बनाई सार्वजनिक निकायका कामकारबाहीको निष्पक्षतामाथि सूक्ष्म निगरानी गरिन लागेका बताउँदै ‘निर्वाचन प्राथमिकतामा छ भन्नुको अर्थ सुशासनमा मौन छौँ’ भन्ने नभएको स्पष्ट पारिन्। भ्रष्टाचार नियन्त्रणमा सरकार दृढताका साथ अगाडि बढेको उनको भनाइ थियो ।

पारदर्शिताका लागि सरकारले विकास निर्माण, सुशासन र सेवा प्रवाहमा सुधारमा भएका ठोस कार्यप्रगतिहरू नियमित रूपमा सार्वजनिक गरेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले मेलम्ची खानेपानी आयोजना, बञ्चरे डाँडामा फोहर व्यवस्थापन प्रभावित क्षेत्रका विवाद तथा राहदानी संकट समाधानमा गरिएका पहल सरकारको सुशासनप्रतिको दृढताका उदाहरण भएको उल्लेख गरिन् ।

“निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउन सुरक्षा सरकारको उच्च प्राथमिकता हो,” प्रधानमन्त्री कार्कीले भनिन्, “जुनसुकै राजनीतिक विवाद वा अराजकतालाई नियन्त्रण गरी हरेक नागरिकले निर्भयताका साथ मतदान गर्न सक्ने वातावरण सिर्जना गरिनेछ ।”

“जोखिम व्यवस्थापनका लागि राजनीतिक विवाद चर्किएका वा सुरक्षाका रूपमा संवेदनशील जिल्लालाई ‘हट–स्पट’ मा राखेर सादा पोसाकका सुरक्षाकर्मी र गुप्तचरको परिचालन बढाइएको छ”, उनले थप प्रतिबद्धता व्यक्त गर्दै भनिन्, “हामी हिमाली जिल्लाको बन्दोबस्तलगायत सबै निर्वाचन व्यवस्थापनका समस्या अहिलेबाटै समाधान खोज्न आयोगसँग समन्वय गरिरहेका छौँ ।”

अराजकता नियन्त्रणमा पनि सरकारको ध्यान पुगेको बताउँदै उनले तरल र अनिश्चयपूर्ण वातावरणको फाइदा उठाउन भड्काउयुक्त क्रियाकलापमा लागेका समूह वा भागेका कैदी बन्दीबाट हुन सक्ने कुनै पनि उपद्रवलाई ‘कानुनी व्यवस्था’को विषय मानी अतिरिक्त सुरक्षा सतर्कता अपनाइएको जानकारी गराइन् । राजनीतिक हिंसा र टकरावलाई नियन्त्रण गर्न सबैपक्षसँग ‘ट्र्याक-टु’ वार्ता र संवादको पहल पनि गरिरहेको प्रधानमन्त्रीको भनाइ थियो ।

यो सरकार लोकतान्त्रिक निकासका लागि बनेको एक पुल भएको र यसको सफलता र सदुपयोग उच्च राजनीतिक दृढता र जनविश्वासको पुन:स्थापनामा निर्भर गर्ने बताउँदै उनले सबै राजनीतिक दलका नेतालाई राष्ट्रिय सहमतिको यो महायज्ञमा एकताबद्ध हुन आह्वान गरिन् । “यही मङ्सिर १० गतेभित्र दल दर्ता गरी आफ्नो संवैधानिक दायित्व पूरा गर्न र फागुन २१ को निर्वाचनलाई शान्तिपूर्ण, मितव्ययी र विश्वसनीय रूपमा सम्पन्न गर्नका लागि सहयोग र पूर्ण प्रतिबद्धताका लागि आह्वान गर्दछु”, प्रधानमन्त्री कार्कीले भनिन् ।

प्रधानमन्त्री कार्कीले राजनीतिक अस्थिरतालाई निर्वाचनबाट स्थायी निकास दिनै पर्ने र इतिहासको यस संवेदनशील घडीमा मुलुक र लोकतन्त्रप्रति हामी कति इमानदार रह्यौँ भनेर भावी पुस्ताले पनि सबैको जाँच गर्ने बताइन् ।