२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनार्दन शर्माको संरक्षकत्वमा निर्वाचन आयोगमा दल दर्ताको निवेदन

अ+ अ-

काठमाडौँ । तत्कालीन नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्मा नेतृत्वको समूहले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

एकीकृत समाजवादी लगायतका दलसँगको एकता अस्वीकार गर्दै बाहिरिएका शर्माको संरक्षकत्वमा प्रगतिशील नागरिक पार्टी नाम राखेर आयोगमा दल दर्ताका लागि निवेदन दिइएको हो ।

पार्टीको अध्यक्षमा सविन सिग्देल र चुनाव चिह्न तीन पात प्रस्ताव गरिएको छ । पार्टीको केन्द्रीय समिति २५ सदस्यीय प्रस्ताव गरिएको छ ।

पार्टीको उपाध्यक्ष यमुना पुडासैनी र युगल ढकाल, महासचिव सुरेशप्रसाद केसी, सचिवमा नवीनकुमार साह, चन्द्रकला बास्तोला, सुशीला महतो र सचिव शुभेच्छा श्रेष्ठ र कोषाध्यक्षमा राधिका नेपाली रहेका छन् ।

यस्तै सदस्यहरूमा शिशिर आदित्य गौतम, रोमन पराजुली, रामचन्द्र कार्की, किरण चन्द, सन्ध्या नेपाल, समृद्धि विष्ट, युनिक शर्मा, प्रवीणकुमार यादव, सौरव दवाडी, सौम्य श्रेष्ठ, विशाल गेलाल, अभय शर्मा, वर्षा पराजुली, कल्पना लामा, दुर्गादेवी न्यौपाने र सीता राई रहेका छन् ।

निर्वाचन चिह्न तीन पात प्रस्ताव गर्दै यही कात्तिक २१ गते आयोगमा निवेदन पेश भएको थियो ।

तर, आज दलको नाम संशोधन गर्दै केन्द्रीय समितिमा रहेकाले सनाखत गरी पुनस् दर्ताका लागि निवेदन दिएको हो ।

जनार्दन शर्मा नेतृत्वको समूहमा विघटित माओवादी केन्द्रका नेता राम कार्की, सुदन किराँती लगायतका नेताहरू समेत छन् ।

शुक्रबार नै राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेका सन्तोष परियारले यही दलमा समाहित हुने भएका छन् ।

बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) पनि यही दलमा मिसिने सहमति छ । धुव्रीकरणका लागि भएको सहमति अनुसार ७ मंसिरमा एकता घोषणा गर्ने तयारी छ ।