काठमाडौँ । सुनसरीको झुम्का कारागारमा एक कैदीको मृत्यु भएको छ।
कारागारका ‘बी’ बन्दी गृहमा बन्दी ५३ वर्षीय सुधना सरदार अचेत अवस्थामा फेला परेका थिए ।
अचेत भएपछि तुरुन्तै झुम्का कारागारका सुरक्षा गार्ड प्रहरी हवलदार सन्तोष श्रेष्ठसहितको टोलीले उनलाई उपचारका लागि जिल्ला अस्पताल इनरुवा लगिएको थियो।
अस्पताल पुगेपछि उपचारको क्रममा आइतबार बिहान उनको मृत्यु भएको हो ।
सरदार जिल्ला अदालतको २०८० असोज २ गतेको आदेशमा जिउ मास्ने बेच्ने मुद्दामा सजायमा जेलमा रहेका थिए।







