काठमाडौँ। नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले निरंकुश बन्दै गएको सत्तालाई जेन जेडको बलिदानले खरानी बनाइदिएको बताएका छन्।
सर्वपक्षीय अन्तरिम सरकारको माग गर्दै नेकपाले काठमाडौँमा निकालेको प्रदर्शनलाई सम्बोधन गर्दै ‘विप्लव’ले जेन जेड पुस्ताले आफ्नो रगत दिएर निरंकुश सत्तालाई खरानी बनाएको बताएका हुन्।
‘जेन जेड आन्दोलनमा बलिदान गर्नेहरूले नेपाललाई कहिल्यै नबिर्सने गुण लगाएर गएका छन् । राज्यसत्ता अन्धो थियो। बहिरो थियो। निरंकुश थियो। मूर्ख बन्दै गएको थियो। जनताविरुद्ध तानासाही बन्दै गएको थियो,’ उनले भने, ‘जेन–जेडले आफ्नो रगत दिएर, बलिदान गरेर अहंकारी दलालहरूको सत्ता र संसद्लाई थला पारेर आगोमा खरानी बनाइदिए।’
उनले काठमाडौँको सडकबाट नवयुवाको रगत अझै आलै रहेको र जलाइएका संरचनाहरू जीर्ण बनेर उभिएको जिकिर गरेका छन्।







