२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महाधिवेशनका विषयमा काँग्रेस नेताहरूको अडान कायमै, भोलि पुनः बस्ने

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठकमा नेताहरूले पार्टी महाधिवेशनको मितिमा विषयमा आ-आफ्नो अडान कायमै राखेका छन्।  

बुधबार पार्टी कार्यालय सानेपामा बसेको बैठकमा संस्थापन पक्ष नेताहरूले प्रतिनिधि सभा निर्वाचनपछि महाधिवेशन गर्नुपर्ने धारणा राखेका छन् भने संस्थापन इतर समूहका नेताहरूले निर्वाचन अघि नै महाधिवेशन गर्नुपर्ने धारणा राखेका छन्।

केही केन्द्रीय सदस्यहरूले भने विशेष महाधिवेशनमा गएर पार्टीलाई एक ढिक्का बनाउनुपर्ने धारणा राखेका छन्। महाधिवेशन विवादका कारण काँग्रेस बैठक लम्बिएको छ।

अझै तीन दिन केन्द्रीय कार्यसमिति चल्ने र महाधिवेशनका विषयमा एउटै प्रस्ताव पारित गर्ने गरी सहमतिको प्रयास भइरहेको पार्टी प्रवक्ता डा. प्रकाश शरण महतले जानकारी दिए।  

यसअघि मंगलबार महामन्त्री गगनकुमार थापा र सहमहामन्त्री महेन्द्र यादवले अलग-अलग कार्यतालिका प्रस्तुत गरेका थिए।  

बुधबार सहमहामन्त्री फरमूल्लाह मन्सुर, केन्द्रीय सदस्यहरू प्रकाशमान सिंह, पद्मनारायण चौधरी, जीवनबहादुर शाही, सुरेन्द्रराज पाण्डे, शंकर भण्डारी लगायतले धारणा राखेका थिए। बैठक भोलि (बिहीबार) बिहान ११:३० बजे पुनः बस्ने प्रवक्ता महतले बताए।