काठमाडौँ । दुर्गा प्रसाईँले गृहमन्त्री ओमप्रकाश अर्यालसँग वार्ताका लागि समय माग गरेकोमा मन्त्रालयले कात्तिक २६ गते वार्ताका लागि समय दिएको छ ।
यस अघि प्रसाईँले जिल्ला प्रशासन कार्यालय काठमाडौँमार्फत वार्ताका लागि समय मागेकोमा मन्त्रालयले काठमाडौँ प्रशासनमार्फत नै समय उपलब्ध गराएको हो ।
प्रसाईँले जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट १० दिन अघि कात्तिक ९ गते वार्ताका लागि गृहमन्त्री ओमप्रकाश अर्यालसँग समय मागेकोमा मन्त्रालयले कात्तिक २६ गते बिहान १० बजेका लागि वार्ताको समय दिएको गृह मन्त्रालय स्रोतले जनाएको छ ।







