काठमाडौँ। विवादास्पद र भड्काउ अभिव्यक्तिका कारण पक्राउ परेका डा. निकोलस भुसालविरुद्ध अनुसन्धान गर्न पाँच दिनको म्याद थप भएको छ ।
सार्वजनिक शान्तिविरुद्धको कसुरमा उनीविरुद्ध पाँच दिनको म्याद थप भएको हो । काठमाडौँ जिल्ला अदालतले आज बुधबार भुसाललाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद दिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई गोरखाबाट मंगलबार पक्राउ गरेको थियो । उनी गोरखा नगरपालिका–८ सरस्वती आश्रमबाट पक्राउ परेका थिए ।
उनले यसअघि सामाजिक सञ्जालमार्फत विवादास्पद अभिव्यक्ति दिएका थिए ।
हालकी प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह लगायतको नाम लिँदै भूसालले हिंसात्मक अभिव्यक्ति दिएका थिए ।
उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक विरुद्ध पनि अराजक अभिव्यक्ति दिएको प्रहरीको दाबी छ ।







