२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ लुम्बिनीले गर्‍यो स्वास्थ्यकर्मी आन्दोलनमा ऐक्यबद्धता जनाउने निर्णय

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल लुम्बिनी प्रदेश कार्यसमितिको तेस्रो पूर्ण बैठक तथा प्रशिक्षण कार्यक्रम भालुबाङमा सम्पन्न भएको छ ।

बैठकले नसर्ने रोग नियन्त्रणका लागिञमेरो स्वास्थ्य मेरो जिम्मेवारी, दैनिक १ घण्टा आफ्नै लागि अभियानलाई समुदायसम्म विस्तार गर्ने, योग(ध्यान तथा मानसिक स्वास्थ्य प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्ने, हालको स्वास्थ्यकर्मी तथा नर्सिङ आन्दोलनमा ऐक्यबद्धता जनाउने, प्रत्येक जिल्ला प्रशासनमार्फत ज्ञापन पत्र बुझाउने र रक्तदान कार्यक्रम सञ्चालन गर्ने लगायतका महत्त्वपूर्ण निर्णय गरेको छ ।

बैठक लुम्बिनी प्रदेश समितिका अध्यक्ष दोर्णबहादुर ओलीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथि संगठनका केन्द्रीय महासचिव भीमराज सिंह, विशेष अतिथि लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारू, नेकपा एमाले प्रदेश कमिटीका सचिव तथा संगठन इन्चार्ज लक्ष्मण आचार्य लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

संगठनले जनताको हितमा रहेर गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा ध्यान दिनु आवश्यक रहेको उल्लेख गर्दै स्वास्थ्य सेवा चुस्त-दुरुस्त र प्रभावकारी बनाउन सबै स्वास्थ्यकर्मी एकजुट हुनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा डा. सुर्यमणी बेल्बासेले जनताको बहुदलीय जनवादका सैद्धान्तिक पक्षबारे प्रशिक्षण दिए भने स्वास्थ्य मन्त्री खेम सारुले नीति, नेतृत्व, व्यवस्थापन र स्वास्थ्यकर्मीको भूमिकाबारे प्रस्तुति दिए । उनले बिरामीको मर्म बुझेर आत्मानुभूति सहित सेवा प्रवाह गर्नुपर्नेमा जोड दिँदै लुम्बिनी प्रदेशको स्वास्थ्य सूचकांक र हालका चुनौतीबारे जानकारी गराए ।

बैठकमा लुम्बिनी प्रदेश समितिका पदाधिकारी, केन्द्रीय सदस्य, जिल्ला इन्चार्ज, जिल्ला अध्यक्ष तथा १२ जिल्लाका स्वास्थ्यकर्मीहरूको सहभागिता थियो ।

बैठकमा अध्यक्ष दोर्णबहादुर ओलीले सांगठनिक तथा आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै लुम्बिनी स्वास्थ्य दर्पण प्रकाशन, सिएमइ कक्षा सञ्चालन, घटक संगठनका भेला तथा विभाग गठन, स्वास्थ्य बीमा कार्यक्रम सुदृढीकरण, अस्पताल र स्वास्थ्य संस्थाहरूको सरसफाइ, स्वास्थ्यकर्मीको सुरक्षा तथा करार सेवामा कार्यरत कर्मचारीका तलब(सुविधा व्यवस्थापनका विषयमा आगामी कार्ययोजना सार्वजनिक गरेका छन् ।

त्यस्तै, बैठकले जेन जेड आन्दोलनले स्वास्थ्य सेवा प्रवाहमा पारेको प्रभाव र हालका चुनौतीबारे विस्तृत छलफल गर्दै समाधानका उपायहरू पनि सुझाएको छ । कार्यक्रममा संगठनका केन्द्रीय उपमहासचिव खगराज पोखरेल, अनुशासन आयोगका अध्यक्ष चिन्तामणि ज्ञवाली, डा. प्रशान्त पराजुली, प्रदेश इन्चार्ज राजकुमार पौडेललगायतका वक्ताहरूले संगठनको कार्य सफलताको शुभकामना व्यक्त गरेका थिए ।