२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘देशवासीलाई राष्ट्रियताको भावले अभिप्रेरित गरोस्’-उपराष्ट्रपति यादव

अ+ अ-

काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले छठ पर्वले देशवासीलाई राष्ट्रियताको भावले अभिप्रेरित गरोस् भनी कामना गरेका छन् ।

छठ महापर्व-२०८२ को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले भनेका छन् “छठ महापर्वले राष्ट्रिय एकता र अखण्डताको सूत्रलाई बलियो र थप सुदृढ बनाउँदै सम्पूर्ण नेपालीलाई सद्भाव, प्रेम र मेलमिलापको बन्धनमा बाँध्न सकोस्, यो पर्वले मुलुकलाई समृद्धि र समुन्नतिको बाटोमा अगाडि बढाउनका लागि सम्पूर्ण देशवासीलाई उच्च राष्ट्रियताको भावले अभिप्रेरित गरोस् भन्ने कामनाका साथ पुनः हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।”

 उपराष्ट्रपति यादवले छठ पर्वलाई प्रकृतिसँगको प्रगाढ प्रेम र आस्थाको प्रतीक व्रतालु उल्लेख गर्दै नहाय-खाय, खरना, अस्ताउँदो सूर्यलाई अघ्र्य र उदाउँदो सूर्यलाई अघ्र्य जस्ता धार्मिक अनुष्ठानका साथ मनाइने यो पर्व नयाँ पिँढीमा पुस्तान्तरण हुँदै जानु सकारात्मक भएको बताएका छन् । छठ पर्वले हामीलाई खराब आचरण, व्यवहार र विचार त्याग्न प्रेरित गर्ने उनको भनाइ छ ।

सन्देशमा भनिएको छ, “अस्ताउँदो र उदाउँदो सूर्यदेवको पूजा आराधना गर्नु यो पर्वको विशेषता हो, सम्पूर्ण पृथ्वीलाई ऊर्जा र जीवन प्रदान गर्ने सूर्य देवता तथा परिवारजनको सुदीर्घ स्वास्थ्य प्रदान गर्ने छठी मैयाँको आराधनाले हामीलाई जीवनको स्रोतप्रति कृतज्ञ हुन सिकाउँदछ ।” निर्जला व्रत बसी नदी, तलाउ र जलाशयका पवित्र घाटहरूमा उभिएर अघ्र्य अर्पण गर्ने श्रद्धालुहरूको भक्ति भाव एवं आस्थाले मन, वचन र कर्ममा पवित्रता र शुद्धताको सञ्चार गर्ने विषय पनि शुभकामना सन्देशमा समावेश छ ।