२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यस वर्ष झापामा हुन सकेन बजार अनुगमन

अ+ अ-

काठमाडौँ । जेनजी आन्दोलन पछिको असहज परिस्थितिका कारण यसपटक जिल्लामा बजारको अनुगमन हुन सकेन । दसैँ र तिहार दुवै पर्वका बेला बजारको अनुगमन कसैले गरेनन् ।

बजारको स्वच्छताका लागि नियमित रूपमा बजार अनुगमन गर्दै आएका पालिकाहरू भदौ २४ गते आगजनी र तोडफोड भएपछि आफैँ विस्थापित अवस्थामा पुगे । अनुगमन टोलीको मुख्य सरोकारवाला प्रहरीका भवन जलेका छन् भने कतिपय हतियार भीडले लुटेर लगेको अवस्था छ । 

“अनुगमन गर्ने अवस्था नै रहेन,” बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र सङ्ग्रौला भन्छन्, “नगरपालिका र प्रहरीका कार्यालय ध्वस्त भएका छन् ।

यस्तो विषम परिस्थितिमा अनुगमन कसरी गर्नु ? नगरपालिकाले अनेक प्रयत्न गरेर नागरिकलाई अति आवश्यक सेवा प्रदान गर्ने कार्य बल्ल सुरु गरेको छ ।” 

झापाका १५ पालिकामध्ये १४ वटा पालिकामा जेनजी आन्दोलनको क्रममा आगजनी र तोडफोड भएको थियो भने दर्जनौँ प्रहरी चौकी र इलाका प्रहरी कार्यालय त्यस्तै आगजनी र तोडफोडको सिकार भएका थिए । यसअघि बिर्तामोड नगरपालिका बजार अनुगमनमा अन्य पालिकाको तुलनामा बढी सक्रिय रहँदै आएको थियो । कृषि थोक बजारमा विषादी अवशेष जाँचेर मात्र तरकारी तथा फलफूलको बिक्री वितरण गर्न दिइने कडा व्यवस्था लागू भइरहेको थियो ।

बजारको स्वच्छताका लागि अनुगमन गर्ने अधिकार स्थानीय पालिकाहरूले पाएका छन् । झापाको बिर्तामोड, शिवसताक्षी लगायतका केही पालिकाले फर्मालिन रसायन प्रयोग भएको माछा बिक्री गर्न नपाइने नियम लागू गर्दै आएका थिए । जेनजी आन्दोलनपछिको असहज अवस्थामा मरेका माछाको बिक्री वितरण खुल्ला रूपमा हुने गरेको छ ।

जिल्ला प्रशासन कार्यालय झापाका सूचना अधिकारी तेजप्रकाश प्रसाईँले प्रशासनको समन्वयमा स्थानीय पालिकाले बजार अनुगमन गर्दै आएको जनाउँदै जेनजी आन्दोलन र त्यसपछि बाढीको समस्याका कारण सबैको ध्यान उद्धार, राहत र उपचारमा गएको बताए। 

“असोज १८ देखि २० गतेसम्मको अविरल वर्षाका कारण झापामा बाढी र डुबानको समस्या विकराल बन्यो,” सहायक प्रजिअसमेत रहेका प्रसाईँले भने, “बजार अनुगमनभन्दा बाढी प्रभावितको राहत र उद्धारमा ध्यान दिनुपर्ने अवस्था आयो ।”

जेनजी आन्दोलनपछि बजार अनुगमनले निरन्तरता पाउन नसके पनि उपभोक्ताबाट कुनै गुनासो र उजुरी नआएको उनले जानकारी दिए । जिल्ला प्रशासन कार्यालयले कालो बजारी, कृत्रिम अभाव, अखाद्य वस्तुको मिसावट, नापतौलमा ठगीलगायत उपभोक्ता हित विपरीतका गतिविधि नगर्न सार्वजनिक रूपमा आग्रह गर्दै आएको उनले बताए ।

उपभोक्ता जागरण अभियान नेपालका झापा अध्यक्ष सालिकराम भट्टराईले अनुगमनको अभावमा बजारमा अराजकता फैलिएको बताए । 

“व्यापारीले जति भाउ बढाए पनि भएकै छ, कसैको नियन्त्रण छैन,” उने भने, “बजार पूरै अराजक बनेको छ । तरकारी, खाद्य वस्तु, यातायात भाडा लगायतको मूल्यवृद्धि आकासिएको छ ।” उनले स्थानीय पालिकालाई तत्काल बजार अनुगमन गरेर उपभोक्ताको हितमा काम गर्न आग्रह गरेका छन् ।