२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिँचाइ तथा नदी नियन्त्रणका आठ आयोजना सम्पन्न

अ+ अ-

तनहुँ । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयले सिँचाइ तथा नदी नियन्त्रणका आठ आयोजना सम्पन्न गरेको छ । तनहुँसहित लमजुङ, मनाङ र गोरखा कार्यक्षेत्र रहेको आयोजनाले तनहुँका विभिन्न ठाउँमा सिँचाइ तथा नदी नियन्त्रणका आठ वटा आयोजना सम्पन्न गरेको हो ।

आयोजना प्रमुख सुपिन्द्र खत्रीका अनुसार सिँचाइतर्फ रु. एक करोड ८० लाख र नदी नियन्त्रणतर्फ रु. दुई करोड ९० लाखका आयोजना सम्पन्न भएका हुन् । उनले आँबुखैरेनी गाउँपालिका-१ स्थित टास्वाँरा समस्तीपुर सिँचाइ आयोजना रु. ६० लाखमा सम्पन्न भएको जनाउँदै बन्दीपुर गाउँपालिकास्थित शेराफाँट सिँचाइ आयोजनामा रु. ७० लाख, बन्दीपुर-३ स्थित सुखौरा लिफ्ट सिँचाइ आयोजनामा रु. ३० लाख, भानु नगरपालिका-४ स्थित अन्वेषण ट्युवेल निर्माणमा रु. २० लाख खर्च भएको उल्लेख गरे । 

नदी नियन्त्रणतर्फ म्याग्दे गाउँपालिका-२ स्थित म्याग्दे पयर खोला तट बन्धन तथा बाँधकुलो निर्माणमा रु. २० लाख, आँबुखैरेनी-३ स्थित आँबुखैरेनी मन्दिर परिसरमा तटबन्ध निर्माणमा रु. ९० लाख, व्यास नगरपालिका-५ स्थित मृगे पहराबाट चिन्तुटार खेलमैदानसम्म मादी नदी नियन्त्रणमा रु. एक करोड र शुक्ल गण्डकी नगरपालिका-१२ स्थित अर्साङ्दी खोला नियन्त्रणमा रु. ८० लाख खर्च भएको उनले जानकारी दिए ।

सुरुमा पालुङ टार र कुण्डुटार सिँचाइ आयोजना कार्यान्वयनमा ल्याउने उद्देश्यका साथ आर्थिक वर्ष २०७५/७६ मा पालुङ टार कुण्डुटार सिँचाइ आयोजना स्थापना भएको थियो । आव २०८१/८२ देखि तनहुँ, गोरखा, लमजुङ र मनाङ कार्यक्षेत्र रहने गरी सिँचाइ तथा जलस्रोत व्यवस्थापन कार्यालय गोरखा नामाकरण गरिएको थियो ।

चालु आवमा उक्त कार्यालय तनहुँको भानु नगरपालिकामा स्थानान्तरण भएको आयोजना प्रमुख खत्रीले बताए। कार्यालयले चार जिल्लाका विभिन्न सिँचाइसम्बन्धी संरचना निर्माण, दरौदी, दोर्दी तथा मर्स्याङ्दी नदी क्षेत्रमा डुबान तथा कटानबाट प्रभावित वा जोखिमयुक्त स्थानमा तट बन्धन निर्माण, जग्गा उकास, नदी नियन्त्रण, सिँचाइका लागि आवश्यक अध्ययन, अनुसन्धानलगायत कार्य गरिरहेको उनले जानकारी दिए ।