२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘मैले बोल्दा पूर्व ऊर्जा मन्त्री भारतमा थिए, अहिले आएका हुन्’ : गृहमन्त्री अर्याल

अ+ अ-

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्व ऊर्जा मन्त्री दिपक खड्का जेनजी आन्दोलनपछि भारत गएको भए पनि अहिले फर्किएको बताएका छन् ।

सोमबार विपिन जोशीको श्रद्धाञ्जली सभामा जानेक्रममा सञ्चारकर्मीहरूलाई प्रतिप्रश्न गरे, ‘मैले अन्तर्वार्ता दिँदाको अवस्थामा उहाँ कहाँ हुनुहुन्थ्यो सोध्नुस् न ?’

खड्का जेनजी आन्दोलनपछि कहाँ थिए भन्ने कुरा उनी स्वयंले स्वीकारिसकेको गृहमन्त्री खड्काले बताए ।

‘उहाँ आफैँले भन्नुभएको छ,’उहाँ स्थल मार्गबाट इन्डिया गएको थिएँ भन्नुभएको छ । कहिले जानुभएको थियो ? उहाँलाई सोध्नु पर्‍यो ?,’ उनले भने ।

अर्यालले आफूले उक्त अभिव्यक्ति दिँदा खड्का विदेशमै रहेको जिकिर गरे । ‘मैले बोलेको दिन उहाँ कहाँ हुनुहुन्थ्यो । इन्टरभ्यु छापिएपछि आउनुभयो नि उहाँ त,’ उनले भने ।

गृहमन्त्री अर्यालले दलहरूले लुटेको हतियार राखेको नबताएको प्रष्ट पारे । ‘दलहरूले ९हतियार० राखेका छन् भनेको होइन । कुनै कुनै दल त्यस्ता दल पनि हुन सक्छन् जसले हातहतियार पनि सङ्ग्रह गर्ने चाहना राखेका हुनसक्छ’ उनले भने, ‘कुनै पनि राजनीतिक शक्तिले छ भने उहाँहरूले पनि डिक्लेयर गर्दिए हुन्थ्यो ।’

गृहमन्त्री अर्यालले थपे, ‘अब मुलुक हिंसाको बाटोमा होइन। कहिले पनि हिंसाको बाटोमा हैन, हतियारको बाटोमा हैन, अब शान्ति अहिंसाको बाटोमा हुनुपर्छ।’

उनले सबै दलहरूमा यो चेत आउनुपर्ने बताए ।

‘कतिपय दलहरूले त्यसो गरेका छैन होला, कतिपयले गरेका पनि छन् होला,’ उनले भने, ‘त्यसैले यो पनि राजनीतिक रूपमा सो घोषणा गर्दिनुभयो भने भोलि निर्वाचनको वातावरण बनाउन लागि त निर्वाचन आयोगमा जानुहुन्छ, सरकारसँग पनि उहाँहरूको भेटवार्ता भइरहन्छ।’

उनले थपे, ‘त्यो क्रममा उहाँहरूले त्यो कुरा सुनिश्चित गर्नुभयो भने सरकारलाई अझ मद्दत हुन्छ भनेर भनेको हो ।’

उनले नेपाली काँग्रेसका एक नेताले गृहमन्त्री अर्यालले नै हतियार लुकाएको आरोप लगाएकोप्रति भने प्रतिक्रिया नदिने बताए ।