२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देउवाको दाबी : ‘भ्रष्टाचार अन्त्य गर्न कानुन ल्याउने प्रधानमन्त्री मै हुँ’

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले ऐन बनाएर भ्रष्टाचार निवारण गर्न खोज्ने प्रधानमन्त्री आफू नै भएको बताएका छन्।

मंगलबार केन्द्रीय कार्य समिति बैठकलाई सम्बोधन गर्दै सभापति देउवाले भ्रष्टाचार अन्त्य गर्नकै लागि भ्रष्ट्राचार निवारण ऐन २०५९ जारी गरेको बताएका हुन्।

‘सामाजिक कुरितिको रूपमा रहेको कमैया मुक्ति छुवाछुत मुक्त नेपालदेखि सामाजिक रूपान्तरणका कतिपय कामको सुरुवात गर्न पाउँदा मलाइ गर्व महसुस हुन्छ नेपालमा भ्रष्टाचार निवारणका लागि म प्रधानमन्त्री हुँदा भ्रष्ट्राचार निवारण ऐन २०५९ जारी गरेको हुँ। नेपालमा भूमि माथिको द्वैध स्वामित्वको अन्य गरेर वैज्ञानिक भूमिसुधार लागु गरेको हुँ । यसकै जगमा अहिले हदबन्दी लागु हुनुका साथै द्वैध स्वामित्व अन्त्य भएको हो,’ उनले भने।

उनले जेनजी पुस्ताले उठाएको भ्रष्टाचार अन्त्यको मागमा आफ्नो पनि समर्थन रहेको बताएका थिए।

आफूले नेपाली काँग्रेसलाई सधैँ सबै जात क्षेत्र, लिङ्ग र समुदायको नेपाली मौलिकता सहितको पार्टी बनाउने प्रयास गरेको पनि बताए।

‘चाहे पार्टीभित्र कदमजमको नीति लागु गरेर होस् कि केन्द्रदेखि वडासम्म पार्टीका संरचनाहरुमा आरक्षणको व्यवस्था गरेर अधिकतम समावेशी बनाउने अभियाननै चलाए। म यस काममा गर्व पनि गर्न चाहन्छु। मैले छोटो छोटो समयका लागि भए पनि पाँच पटक प्रधानमन्त्री हुने अवसर पाए। पाँच पटक प्रधानमन्त्री हुँदा करिब एक कार्यकालको समय थियो। त्यसमा पनि अधिकांश चुनावी सरकारको नेतृत्व गरेको थिए। तर पनि मैले कतिपय क्षेत्रको सुधारमा कोशेढुङ्गाको काम गरेको तपाईँहरूलाई अवगत नै छ,’ उनले भने।

उनले आफूले सम्पत्तिमा महिलाहरूको स्वामित्व स्थापित गर्न मैले मुलुकी ऐनको ११ औँ संशोधन गरेर पैतृक सम्पत्तिमाथि महिला र पुरुषको हक स्थापित गरेको बताए। ‘दलित, महिला, जनजाति लगायतका समुदायको उत्थानका लागि आयोग बनाएर संरचनागत सुधार गरेको हुँ,’ उनले भने।