२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वीर अस्पतालमा विपन्न वर्गको नि: शुल्क उपचार कक्ष स्थापना गर्दै काठमाडौँ महानगर 

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विपन्न, असहाय र बेवारिसेले नि:शुल्क प्राप्त गर्ने लक्षित वर्गको उपचारलाई प्रभावकारी बनाउन वीर अस्पतालमा सहजीकरण कक्ष स्थापना गर्ने भएको छ ।

यसका लागि महानगरपालिकाको स्वास्थ्य विभागका प्रमुख दिपक के. सी. र अस्पतालका निर्देशक प्रा. डा. दलीप शर्माले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार अस्पतालले सहजीकरण कक्षका लागि स्थान उपलब्ध गराउनेछ । कक्षमा नर्सिङ विषय अध्ययन गरेका ३ जना जनशक्ति करार सेवामा राख्नेछ । यसरी राखिएका जनशक्तिको पारिश्रमिक महानगरपालिकाले उपलब्ध गराउनेछ ।

त्यस कक्षबाट महानगरपालिकाको फ्री हेल्थ डट काठमाडौँ डट जीओभी डट एनपी अनलाइन प्रणालीमार्फत उपचारका लागि आएका बिरामीहरूलाई विभिन्न निजी तथा सामुदायिक अस्पतालमा पुर्‍याउने काम हुनेछ ।

महानगरपालिकाले २०८० बमोजिम फागुन १ गतेदेखि लक्षित वर्गको नि:शुल्क उपचार सेवालाई व्यवस्थापन गरिरहेको छ । महानगरपालिकामा अहिले जनस्वास्थ्य निरीक्षकले यसको संयोजन गरिरहेका छन् ।

यस उपचार सेवामा देशभित्रका कुनै पनि ठाउँका व्यक्तिले रोगको निदान, प्रयोगशाला परीक्षणसहितको उपचार प्राप्त गर्न सक्नेछन् । लक्षित वर्गले ३ वटा विधिमध्ये कुनै एक विकल्पबाट सेवा प्राप्त गर्छन् ।

यस उपचार सेवामा देशभित्रका कुनै पनि ठाउँका व्यक्तिले रोगको निदान, प्रयोगशाला परीक्षणसहितको उपचार प्राप्त गर्न सने छन् । लक्षित वर्गले ३ वटा विधिमध्ये कुनै एक विकल्पबाट सेवा प्राप्त गर्नुहुन्छ । पहिलो विपन्न परिचय पत्र छ भने सिधै अस्पतालमा जान सकिन्छ । दोस्रोमा विपन्न परिचय पत्र छैन भने आफू बसोबास गरिरहेको वडाबाट तोकिएको ढाँचामा सिफारिस, सर्जमिन मुचुल्कासहितका कागजपत्र लिएर सेवा लिन जान सकिन्छ । तेस्रोमा, यी दुई वटै अवस्थाका कागजपत्र लिन नसक्नेहरूले आफू विपन्न भएको प्रमाण लिएर महानगरपालिकाको नि:शुल्क स्वास्थ्य सेवा सहजीकरण एकाइमा सम्पर्क गर्न सकिनेछ । प्रमाण प्रमाणित हुन सकेमा एकाइले सिफारिस गर्नेछ ।  

अहिलेसम्म सेवा हर्निया, हाइड्रोसिल, पाठेघर, स्नायु तथा नशाको, पित्त थैलीको पत्थरीको, मिर्गौलामा पत्थरी भएको, हाड जोर्नीको, नाक कान घाँटी जस्ता शल्यक्रिया गर्नु पर्ने बिरामीले अपरेसनको सुविधा लिएका छन् । यस्तै फेमिली मेडिसिनअन्तर्गत जटिल खालको मधुमेह, मिर्गौलाको रोग, क्षयरोग, उच्च रक्तचाप, दम, मधुमेह, दीर्घ कलेजोको रोगको उपचार, आकस्मिक स्वास्थ्य सेवा, नशा तथा स्नायुको उपचार, श्वासप्रश्वास सम्बन्धी समस्याको उपचार, मुत्र प्रणाली तथा पिसाब सम्बन्धी समस्यामा सेवा लिएका छन् । 

महानगरपालिकाको यो प्रणालीमा निजी क्षेत्रबाट सञ्चालित ५३ वटा अस्पतालका ३८० शय्या  आबद्ध भएका छन् ।